बिदुर । नेपालीहरुले प्रत्येक वर्ष फागुन शुक्ल अष्टमी देखि पूर्णिमासम्म आपसी सहमतिका साथ परस्परमा रङ, अविर दलेर सदभावको पर्वको रुपमा मनाउँदै आएको फागु पर्व पछिल्लो समय विकृत वन्दै जान थालेपछि स्थानीय प्रशासनले सतकर्ता अपनाउन थालेको छ । फागु पूर्णिमाका अवसरमा पर्वलाई विकृत वनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी स्थानीय प्रशासनले गरिरहेको छ ।
यसैक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटले फागु पर्वमा कसेको ईच्छा विपरित लोला हान्ने,अविर दल्ने गरेको पाईएमा कानुन अनुसार कारवाही हुने जनाएको छ । कार्यालयले मंगलवार जारी गरेको सूचनामा फागु पर्वलाई मर्यादित, सरल र शान्तिपूर्ण वनाउन आवश्यक उपायहरु अवलम्वन गरिएको जनाईएको छ ।
यसैविच जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले कानुनले कसैको ईच्छा विपरित लोला हानेमा, अविर दलेको पाईएमा केही सार्वजनिक अपराध तथा सजाय ऐन आकर्षित हुने उल्लेख गर्दे त्यस्ता क्रियाकलापहरुको निगरानीका लागि ठाउँ ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको समेत जानकारी दिए ।
होसियार ! लोला हान्दा सार्वजनिक मुद्धा लाग्ला
