सागर रिजाल
प्युठान, ७ चैत ।
सूचना पारदर्शी हुनुपर्ने प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमीरेले बताउनुभएको छ । शुक्रबार सूचनाको हक सम्बन्धि ऐन र नियमावली सम्बन्धमा कार्यालय प्रमुख तथा सूचना अधिकारीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा उहाँले सुचना गोप्य नराख्न आग्रह गर्नुभयो ।
नेपालको संविधान ऐन २०६४ र नियमावली २०६५ लाई आधार मानी तोकीएका सुचना प्रकाशन गनुपर्ने बताउनुभयो । राष्ट्रको हकका निम्ती सूचनाको महत्व छ । उहाँले भन्नुभयो,‘आ–आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गरौ ।’ प्रत्येक ३÷३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिगताको प्रतिलिपी लिएर सूचना दिनुस ।’
अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राकेश पाण्डेले सूचनाको ऐन, नियम, सूचना अधिकारीले गर्नुपर्ने कार्य, हकअधिकारका बारेमा जानकारी गराउँनुभएको थियो । उहाँले भन्नुभयो,‘जिउज्यानको सूचना २४ घण्टा र अरु सूचना १५ दिन भित्रमा दिनुपर्छ ।’
कार्यक्रममा सूचना हक सम्बन्धि ऐन नियमको प्रावधान अनुसार नेपाली नागरिगताको प्रतिलिपी माग गरि सूचना उपलब्ध गराउने, सूचनाहरु नियमित प्रकाशन, प्रशारण गर्ने र सूचना अधिकारी नतोकीएको कार्यालयमा सूचना अधिकारी तोक्ने सूचना अधिकारीको सम्पर्क फोन नम्बर, ईमेल, फोटो, ठेगाना कार्यालयमा आउने सेबाग्राहीले देख्ने ठाउँमा राख्ने निर्णय समेत गरिएको छ ।