रबिन विश्वकर्मा
प्यूठान असार २२
महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानमा आज वृक्षरोपण कार्यक्रम गरिएको छ । कार्यक्रको उद्घाटन विद्यालयका सहायक प्रधानाध्यापक प्रविण श्रेष्ठले गुलाबको फुल रोपेर गर्नुभएको थियो । बिद्यालयको बार्षिक तथा शुक्रवारीय कार्यक्रम अन्र्तगत भुक्ष नियन्त्रण गर्ने उद्धेश्यले वुक्षरोपण गरिएको विद्यालय स्रोतले जनाएको छ । विद्यालय क्षेत्र भित्र खाली रहेको भुमिमा भुक्ष नियन्त्रण गर्नेको लागी विरुवा रोपण कार्यक्रम गरिएको छ । बर्खा यामको समयसुरु भएसंगै प्युठान जिल्ला लगाएत देश भरका बिभिन्न स्थानमा बाढि पहिरोको घटना बढदै गएको भन्दै बिद्यालय क्षेत्र तथा आफ्नो वरपरको स्थानमा पहिरोको जोखिम कम गर्न तथा बढ्दो जलवायु परिवर्तन न्युनिकरणगर्न,जुनसुकै बेलामा पनि हुनसक्ने बाढि पहिरो ,भुक्षय जस्ता प्राकृतिम जोखिम न्युनिकरणका लागि बृक्ष रोपण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण श्रेष्ठले बताउनुभयो।
विद्यालय को नेतृत्वमा माध्यमिक तहमा अध्ययनरत प्रत्येक बिद्यार्थीहरुलाई एक एक वटा स्थानिय रुपमा पाईने फलफुल तथा अन्य बोटबिरुवाहरु ल्याउन अनुरोध गरी बिभिन्न प्रजातिका विरुवा वृक्षरोपण गरिएको हो। जसमा बिद्यालयको पुर्वतर्फको खाली ठाउंमा आपं,सफेता,धुपीसल्ला,फुल लगायतका विरुवा रोपिएको छ । साथै शिक्षक र विद्यार्थीहरुको रोहोवरमा बिद्यालयको दक्षिणतर्फ फुलवारी समेत बनाईएको छ ।यस बिद्यालयले विगतका केहि बर्षदेखियता प्रत्येक बर्ष नियमित रुपमा बृक्षरोपण कार्यक्रम गदैआईरहेको शिक्षक बिष्णु पौड्ेले बताउनुभयो।
बृक्षरोपण कार्यक्रम विद्यालयका शिक्षक,विद्यार्थीहरुको सहभागितामा सम्पन्न गरिएको छ ।
वृक्षरोपण कार्यक्रम सम्पन्न्
