माण्डवी संम्वादाता,प्युठान २७ असार
नेपाल ईभेस्टमेन्ट बैंक लिमिटेडको शाखा प्युठानको नौबहिनि गाउपालिका ६ बाहानेमा उद्घाटन गरिएको छ । नौबहिनि गाउपालिकाका अध्यक्ष शिव रिजालको अध्यक्षतामा सरु भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति नौबहिनि गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत थानेश्वर भण्डारी,बैंक म्यानेजर निराजन जोसि,रेडियो स्वर्गद्धारि बिमल प्रसाद पोख्रेल,बाहाने इलाका प्रहरी प्रमुख ,बाहने उद्योग बाणिज्य संघका प्रतिनिधि लगाएत बाहाने बजारबासिहरुको उपस्थिती रहेका थियो । बैंकको उद्घाटन गाउपालिका अध्यक्ष शिव रिजाल र प्रमुख प्रसासकिय अधिकृत थानेश्वर भण्डारीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । यस ईन्भेस्टमेन्ट बैंकको मुख्य कार्यालय काठमाडौं दरबार मार्गमा रहेको छ । हालसम्म ७६ वटा शाखा बिस्तार गरेको यस बैंकको १० लाख ग्राहक रहेका छन् । आज नै बैंकले दाङको शान्तिनगरमा पनि शाखा बिस्तार गरेको छ । यस बैंकमा न्युनतम पाच हजारमा खाता खोदिलएको भने खाता खोल्नेको कारबशं मृत्यु भएमा २ लाख सम्म बिमा रकम उपलब्ध गराउने बैंकका बिजुवार शाखा प्रबन्धक बोधराज पन्तले बताउनु भयो ।साथै उहाँले बैंकले एटिएम सेवा र मोवाईल बैंकिङ सेवा समेत प्रदान गरेको उहाँले बताउनु भयो ।
तेस्तै नौबहिनि गाउपालिका अध्यक्ष शिव रिजालले यहाका उद्यमि ब्यापारीहरु तथा सरकारी निकायलाइृ बैंकिङ कामकाजको लागि बिजुवार ,खलंगा धाउन नपर्ने गरि यस बैंककले शाखा बिस्तार गरेकोेमा बाहाने शाखाका म्यानेजर निराजन जोसि लगाएत ईनभेस्टमेन्ट बैंक लिमिटेडलाइृ बधाई दिदै मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गर्नु भयोे ।
साथै आज नै गाउपालिका अध्यक्ष,प्रसासकिय प्रमुख लगात कार्यक्रमका सम्पुर्ण अथिति, नौबहिनि गाउपालिका भित्रका सम्पुर्ण सरकारि तथा गैरसरकारी संघसस्था,बाहाने बजारबासि,ब्यारी लगाएत गरि एक सय एक जनाले खाता खोलेका छन् ।।
नौबहिनि गाउपालिकामा नेपाल ईभेस्टमेन्ट बैंक लिमिटेडको शाखा
