सिता मगर,प्यूठान,असार,२८
जिल्लाको दुर्गम गाउपालीकाको रुपमा रहेको गौमुखी गाउपालीका सञ्चार विहिन भएको छ । एकहप्ता अघिदेखी रजवारा टावरमा समस्या आएपछि गौमुखी गाउपालीकाकाका विभिन्न वडाहरु सञ्चार विहिन भएका छन् ।
रजवारमा रहेको नेपाल टेलिकमको बि.पि.एस टावरमा समस्या देखिएपछि करिब एक हप्तादेखि उक्त गाउपालिका भित्रका ७ वटै वडा सञ्चार बिहिन भएका छन् । विद्युतको ब्यवस्था नभएको र वर्खालागेसगैं टावरमा समस्या आएको हो । सोलारवाट सञ्चालन हुदै आएको उक्त नेपाल टेलिकमको बि.पि.एस टावर घाम नलाग्दा र अन्य प्राविधिक कारणले वन्द भएको छ । प्रयाप्त घाम नलागेको र सोलार चार्ज हुन नपाउदा सञ्चार सेवा वन्द रहेको हो ।
एकमात्रै सञ्चारको माध्यममका रुपमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि अहिले गौमुखी गाउपालीकाका विभिन्न वडाहरु सञ्चारको पहुचवाट वाहिर छन् ।
यो सगैं दैनिक गाउपालीकाको कामकाजमा समेत समस्या उत्पन्न भएको छ । लामो समयदेखी गाउपालीकामानै सञ्चार सेवा वन्द हुदा सरकारी तथा विभिन्न निकायको कामकाजसमेत प्रभावीत भएको गाउपालीकाका अध्इक्ष विष्णु कुमार गिरिले जानकारि दिए । उनले भने,“एक हप्ता भयो टावर नआएको कसैसगं कुनै सम्पर्कनै भएको छैन् ।” वर्षातको समय सुरु भएको र गाउपालीका भित्र हुने विभिन्न जोखिमका सुचनाहरु समेत प्रवाहगर्न निकै कठिन भएको गिरिले वताए ।
गाउपालिका भित्र रहेको एउटा मात्र टेलिकमको टावरमा नै समस्या देखिएपछि गाउपालिकाका जनप्रतिनिधिहरुलाई गाउपालिकाबाट संचालन हुने गतिबिधि तथा कृर्याकलाप स्थानियसम्म पु¥याउन निकै सास्ति खेप्नु परेको छ । यसरी हप्तौ सम्म पनि गाउपालिका सञ्चारविहिन हुदा पटक पटक सम्वन्धित निकायलाई जानकारि गराएको तर कुनै सुनुवाई नभएको स्थानीय जनप्रतिनिधिहरुले वताएका छन् । “टेलिकम कार्यालयमा खबर पठाएपनि हालसम्म चासो देखाएको छैन ।” वडा नम्वर ३ का वडा अध्यक्ष जगं वहादुर पुनले वताए,“हामिले जानकारि गराएका छौ, तर कोहि वनाउन आएका छैनन ।” तर नेपाल टेलिकम प्यूठानका प्रमुख कृष्ण कुमार श्रेष्ठले भने प्राविधिक नभएर काम नभएको वताएका छन् । जिल्लामा बि.पि.एस प्रविधिको टावर मर्मत गर्ने प्राविधिक नभएको र वाहिर वाट मगाउनु पर्ने भन्दै समय लाग्ने जानकारि दिए ।
गौमुखीमा एकहप्तादेखी सञ्चार सेवा वन्द
