रबिन बिश्वकर्मा,प्युठान, श्रावण ८।प्युठान नगरपालिका वडा नम्बर १० साविकको मरन्ठाना कोट पातिहाल्ना स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा आज वृक्षरोपण कार्यक्रम गरिएको छ । बिद्यालय क्षेत्रको झण्डै चार रोपनी क्षेत्रफलमा दुई सय विरुवा वृक्षारोपण गरिएको हो।कार्यक्रको उद्घाटन विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले किंम्वुको विरुवा रोपेर गर्नुभएको थियो।बिद्यालयको बार्षिक कार्यक्रम अन्र्तगत विपत ब्यवस्थापन तथा भुक्ष नियन्त्रण गर्ने उद्धेश्यले विद्यालय क्षेत्र भित्र खाली रहेको भुमिमा वृक्षरोपण गरिएको विद्यालय स्रोतले जनाएको छ ।बर्खा यामको समयसरु भएसंगै प्युठान जिल्ला लगाएत देश भरका बिभिन्न स्थानमा बाढि पहिरोको घटना बढदै गएको भन्दै बिद्यालय क्षेत्र वरपरको स्थानमा पहिरोको जोखिम कम गर्न तथा बढ्दो जलवायु परिवर्तन न्युनिकरणगर्न,जुनसुकै बेलामा पनि हुनसक्ने बाढि पहिरो ,भुक्षय जस्ता प्राकृतिकजोखिम न्युनिकरणका लागि बृक्षारोपण गरिएको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो। शिक्षिका यजन्ती श्रेष्ठको अगुवामा जिल्ला वन डिभिजन कार्यालय खलंगा प्युठानबाट निःशुल्क रुपमा बिभिन्न प्रजातिका दुई सय विरुवा ल्याई वृक्षारोपण गरिएको हो।जसमा सिसौ,सफेता,किम्वु,पैयां लगायतका बिभिन्न प्रजातिका विरुवा रोपिएको छ । यस बिद्यालयले विगतका केहि बर्षदेखियता प्रत्येक बर्ष नियमित रुपमा बृक्षरोपण कार्यक्रम गदैआईरहेको बिद्यालयका कार्यालय सहयोगी सुर्य थापाले बताउनुभयो ।बृक्षरोपण कार्यक्रम विद्यालयका शिक्षक,विद्यार्थी,र विद्यालय कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।
प्युठान नगरपालिका वडा नम्बर १० को श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा दुई सय विरुवा वृक्षारोपण।
