राजेश जीसी,प्यूठान श्रावण ९
शिक्षा सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायी गर्नेको लागी आह्वान गरेको आवेदनमा प्यूठान जिल्लामा साढे ६ हजार जनाले आवेदन भरेका छन । श्रावण ५गतेसम्म दोब्बर दस्तुर तिरेर भर्ने समय भएकाले उक्त समयसम्म ६ हजार ६ सय १४ जनाले आवेदन दिएको जिल्ला शिक्षा समन्वय इकाइ प्यूठानका प्रमुख शिवराज पण्डितले जानकारी दिए । जिल्लामा आवेदन दिने शिक्षकहरु मध्ये सवैभन्दा धेरै प्रा.वि तहका लागी आवेदन दिएका छन । उनका अनुसार प्रा.वि तहका लागी १ सय ४४ कोटा रहेको प्यूठानमा ३ हजार ९ सय ७८ जनाले आवेदन दिएका छन । त्यस्तै नि मा वि तहका लागी १ हजार ९ सय ४३ जनाले आवेदन दिएका छन भने मा वि तहका लागी विभिन्न विषयका लागी ६ सय ९३ जनाले आवेदन दिएका छन ।
साढे ६ हजार जनाले शिक्षकका लागी आवेदन दिए ।
