प्यूठान,श्रावण ०९
बर्षेनी गर्मियाममा पानीको समस्या हुने गाउमा घर घरमा पानी पुगेपछि सहज भएको छ । गर्मिमौषम सुरु भएसगैं पानीको वन्दोवस्त कतावाट गर्नेभन्ने चिन्ताले सताउने ऐरावतीका स्थानीयहरुमा सहजता भएको छ । ऐरावती गाउपालिका वार्ड न ६ आपखोलाका स्थानियको घर घरमा पानि पुगेपछि उनिहरु लाई सहज भएको हो ।
लगातार पानी आउन थालेपछि उनिहरुले घरकै छेउमा करेसावारी बनाएर तरकारी खेतिको समेत थालनि गरेका छन । ‘सधै खडेरीमा पानीको समस्या हुन्थ्यो, अहिले घरमा धारा जोडेपछि समस्या छैन’, आपखोलाकि मिना घर्तिमगरले बताईन । खोलाको, कुन्टा कुन्टिको पानी खाने स्थानियले ती पनि सुकेर हैरानी खेप्न परेको पिडा सुनाउदै अबत निक्कै सजिलो भएको उनको अनुभव छ । चौविसैघण्टा एकैनास आईरहने पानी बाट त्यहाका स्थानीय उक्तिकै खुसी छिन, स्थानिय कमला रायमाझी । नुहाउन र कपडा धुन समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ । जस्ले समयको पनि बचत हुन्छ हुने उनले भनिन ।
वर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका आपखोलाका बासिन्दाहरु अब भने खानेपानीको पहुँचमा पुगेका छन् । ‘दुइ घण्टा हिडेर खुल्ला कुन्टाको पानी बोकेर पानी खाइयो’– ६२ वर्षिय पार्वती थापा मगरले भनिन, ‘अहिले त सबैका घर घरमा चौविसै घण्टा कलकल बग्ने धारा बनिसके ।’ सबैको घरमा प्रशस्त पानी उपलब्ध भएपछी व्यक्तिगत सरसफाई, शौचालयको राम्रो प्रयोग र घर वरपरको वातावरण पनि सफा स्वच्छ राख्न सकिने थापामगरले बताइन् । आपखोलाबाट ल्याएको सानो पानी त्यही पनि मुल सुकेपछि आपखोलाका बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए ।
सानो बस्ती भयकोले कसैले हेरेको थियन, उपभोक्ता पार्वती थापाले भनिन,‘पानी खानको लागि मात्रै धेरै समस्या खर्चिने गरेका थियो’– थप्दै भन्छिन, ‘अब त आफ्नो आँगनकै धाराबाट जुनसुकै समयमा पनि पानी उपभोग गर्न पाउने भइयो धेरै खुसी छौं ।’
उनिहरु जस्तै त्यहाका स्थानिय हरु बर्षेनी पानीको समस्या बाट मुक्त भएको आपखोला खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मिना घर्तिले बताइन । ऐरावती गाउपालिका पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा उक्त खानेपानी योजना सम्पन्न भयको हो । ऐरावती गाउपालीकाको १ लाख पाच हजार २ सय एक्तिस रुपैया, पश्चिम नेपालको ५ लाख र जनश्रमदान गरि दश लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको ऐरावती गाउपालीकाका वास सम्योजक श्रीधर भट्टराईले जानकारि दिए । उनले भने,‘दश घरधुरीका लागी आयोजना सम्पन्न भएको छ, वस्ति सानो भएकाले कसैले वास्ता गरेका थिएनन । पानी पुगेपछि स्थानीय खुसी छन् ।’ सानै उमेरदेखी गाउमा खानेपानीको समस्या झेल्दै आएका स्थानीय ६७ वर्षिय केशर वहादुर घर्तिले यो जुनीमा गाउमै पानी आउला भन्नी नसोचेको भएपनि आफ्नो सपना साकार भएको सुनाए । घरआगनमै पानीको धारा र पानी आएपछि आपखोलाका स्थानीय दगं छन् ।