रबिन विश्वकर्मा,प्यूठानश्रावण ३०।केहिदिन पहिलेदेखी परेको अविरल वर्षातसगैं आएको पहिरोमा पुरीएर प्यूठानमा एकजना वेपत्ता भएका छन् । जिल्लाको गौमुखी गाउपालीका ४ जाागाउका झग वहादुर सुनार वेपत्ता भएका हुन् । विहान करिव ७ वजेतिर घरमाथीवाट एक्कासी पहिरो आउदा घरभित्रै वसिरहेका सुनार वेपत्ता भएका हुन् । घर माथिबाट खसेको पहिरोमा पुरिएर ३९ वर्षिय सुनार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारि दिएको छ । पहिरोमा परि स्थानीय देब बहादुर सुनार र रमेश सुनारको घरगोठ समेत वगाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानवाट गएको टोलिले उनको खोजिकार्य जारि राखेको छ । त्यस्तै पहिरोमा परि अन्य कौयौं घरहरु पहिरोको उच्च जोखिममा परेका छन्
यस्तै सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका वाटुले सार्किको अझै पत्ता लागेको छैन् । खोलाले वगाएर वेपत्ता भएका वाटुलेको खोजिमा प्रहरीले सक्रियता वढाएपनि उनको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारि दिएको छ ।
६२ वर्षिय वाटुले सोमवार स्थानीय मच्छि वजारमा किनमेलका लागी आएको र घर फर्कने क्रममा झिमरुक खोलाले वगाएको वगाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारि दिएको छ । प्रहरी सञ्चार केन्द्र प्यूठानले दिएको जानकारी अनुसार झिमरुक खोला तर्दैगर्दा मच्छि ढाडभन्ने स्थानवाट वाटुलेलाई वगाएको हो । उनको आजपनि खोजिकार्य जारि रहेको थियो।
लगातार परेको पानीले झिमरुक खोलाको वहाव वढेको छ । झिमरुक ओहोर दोहोर गर्न पुलको ब्यवस्था नहुदा उक्त स्थानका वासिन्दा वर्षातको समयमा जोखिम मोलेर खोला तर्ने गरेका छन् । झिमरुक खोलाको ढाड तुषारा जोड्ने पक्किपुल भने अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापर्वा्हिले गर्दा लामो समयसम्मपनि पुल वन्न सकेको छैन् । पुल नवन्दा झिमरुक गाउपालीका ७ तथा गौमुखी गाउपालीकाका विभिन्न वडाका स्थानीयहरु जोखिम मोलेरै झिमरुक खोला तर्दै आएका छन् । साथै खोलाको वहाव वढेको भन्दै तुषारा, टिमुरचौर लगाएतका स्थानमा जाने सवारिसाधन समेत वन्द भएका छन् ।