रबिन विश्वकर्मा,प्युठान १ भाद्र।गत सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका मिन बहादर (वाटुले )सार्कि मृत भेटिएका छन् । खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका बाटुलेको शब ५ दिन पछि आज माण्डवी गाउपालीका ५ आपँचौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख निर्मल बुढाथोकीले जानकारी दिनुभयो।
६० वर्षिय वाटुले सोमवार स्थानीय मच्छि वजारमा किनमेलका लागी आएको र घर फर्कने क्रममा झिमरुक खोला तर्दैगर्दा मच्छि ढाडभन्ने स्थानवाट उनलाई वगाएको थियो। केहिदिन देखि लगातार परेको वर्षातको कारण खोलाको वहाव वढेको भएपनि प्रहरीले उनको खोजी कार्य तीव्र पारिए पनि लामो समयको खोजीकार्य पछि उनको शब मृत अवस्थामा फेला पारिएको प्रहरी जनाएको छ ।साथै मृतकको शब उनको भाई मन बहादुर सार्किलाइ आज नै जिम्मा लगार्ईएको प्रहरी प्रमुख बुढाथोकीले बताउनुभयो।
अहिले झिमरुक ओहोर दोहोर गर्न पुलको ब्यवस्था नहुदा उक्त स्थानका वासिन्दा वर्षातको समयमा जोखिम मोलेर खोला तर्ने गरेका छन् । झिमरुक खोलाको ढाड तुषारा जोड्ने पक्किपुल भने अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापर्वा्िहले गर्दा लामो समयसम्मपनि पुल वन्न सकेको छैन् । पुल नवन्दा झिमरुक गाउपालीका ७ तथा गौमुखी गाउपालीकाका विभिन्न वडाका स्थानीयहरु जोखिम मोलेरै झिमरुक खोला तर्दै आएका छन् ।
झिमरुक खोलाले वगाएर वेपत्ता भएका बाटुले मृत अवस्थामा फेला।
