रबिन विश्वकर्मा,प्युठान १ भाद्र।नौबहिनी गाउंपालिका बहाने प्युठानमा आज गाउंपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रबाट संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना तथा फुलवारी एकिकृत गा्रमिण बिकास सस्था फिर्डो नेपालद्धारा संचालित कृर्षि,स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन प्रवद्र्धन पहल परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति गठन गरीएको हो। नौबहिनी गाउंपालिका अध्यक्ष शिवराज रिजालको संयोजकत्वमा २१ सदस्य समिति गठन गरीएको छ। जसको उपसंयोजक गाउंपालिकाका उपाध्यक्ष घन बहादुर बुढा रहनुभएको छ भने अन्य सदस्यहरुमा गाउंपालिकाका ८ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,बिषयगत कार्यालय,वन कार्यालय तथा जिल्ला रेड्क्रस प्युठान लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन्।
कार्यक्रमा बोल्दै झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजनाका कार्यक्रम प्रबन्धक प्रवेश कक्षपतिले गाउंपालिका स्थित बिभिन्न सरोकारवाला निकाय तथा जन प्रतिनिधिहरुको संग्लनतामा बिपद जोखिम न्यूनीकरणका जलाधार व्यवस्थापन, जल जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तन अनुकुलन जस्ता जलाधार व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी ढंगले योजना निर्माण र कार्यान्वयन तथा अनुगमन गर्ने उद्घेश्यका गाउंपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको बतानउनुभयो। साथै उहाले जब सम्म चारवटा ज जल,जमिन,जंङ्गल र जनाताको ब्यवस्थापन गर्न सकिदैन तब सम्म जलाधार व्यवस्थापन नहुनेहुदा यी चारवटा तत्वलाई सबैले ध्यानमा राखि ब्यवस्थापन गर्नुपर्नेकुरा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमा बोल्दै गाउंपालिका अध्यक्ष शिवराज रिजाले जलाधार व्यवस्थापन एउटा ब्यत्तिको प्रयासले मात्र सम्भव नभएकाले यसलाई व्यवस्थापन गर्न सबै पक्षको साथ र सहयोगको उत्तिकै आवश्यक रहने बताउनुभयो। झिम्रुक खोलाको जलाधार व्यवस्थापन गर्न आगामि दिनहरुबाट जिल्लामा रहेका सम्पुर्ण स्थानिय तह तथा सम्बन्धित सरकारवाला निकायसंग समन्वय गरी गाउंपालिका र आफ्नो क्षेत्रबाट गर्नसक्ने जस्तो सुकै सहयोग गर्न आफु लगायत सम्पुर्ण जनप्रतिनिधिहरु तयार रहेको प्रतिवद्धता समेत जनाउनु भयो । साथै उहाले जलाधार व्यवस्थापनमा सहयोग गर्न सम्पुर्ण गाउंवासी तथा प्युठानवासीमा आग्रह समेत गर्नुभएको छ ।
यस्तै कार्यक्रमा परियोजना तथा पहल कार्यक्रमको लक्ष्य,उद्घेश्य,लक्षित समुदाय,परियोजना अन्र्तगत रहेका कार्यक्रमहरुको विवरण,हाल सम्म सम्पन्न क्रियाकलापहरु र वैठकमा सरोकारवाला निकायसँग छलफलका विषयहरुको बारेसमेत जाकारी गराईएको थियो ।
गाउंपालिका अध्यक्ष शिवराज रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा प्रमुख अथिति गाउंपालिकाका उपाध्यक्ष घन बहादुर बुढा, गाउंपालिकाका प्रमुख कार्यकारी अधिकृत थानेश्वर भण्डारी लगायत रहनुभएको थियो भने कार्यक्रको संचालन पहल परियोजनाका बिपद ब्यवस्थापन अधिकृत प्रकाश थापाले गर्नुभएको थियो ।
नौबहिनी गाउंपालिका बहाने मा गाउंपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन ।।
