प्यूठान,आश्विन ३
स्वर्गद्धारी आश्रमले सञ्चालन गर्दै आएको स्वर्गद्धारी वेद विद्याश्रम अहिले दिनदिनै समस्यामा पर्न थालेको छ । आश्रमको भेटी बाहेक अरु अन्य कुनै आयश्रोत नहुदा विद्यालय सञ्चालन गर्न समस्या भएको हो । स्वर्गद्धारी आश्रमले सञ्चालन रहेको आश्रमको सस्कृत विद्यालय सञ्चालन गर्न निकै ठिन भएको स्वर्गद्धारी आश्रमका प्रसाशकीय प्रमुख हरि अधिकारीले जानकारि दिए । उनले भने,‘विद्यालय सञ्चालनका लागी मनिदरको भेटी बाहेक अन्य कतैवाट सहयोग भएको छैन् ।’ स्वर्गद्धारीमा आउने दर्शनाथीले चढाएको भेटिको भरमा विद्यालय सञ्चालनमा छ । विद्यालयमा ९५ जना विद्यार्थीले अध्ययन गरिरहेको छन भने वेद विद्याश्रममा ७ जना शिक्षकहरु कार्यरत रहेका छन । २ जना शिक्षक राहत कोटामा सरकारी तलव लिदै आएका छन् । अन्य ५ जना शिक्षकका लागी आश्रममा भक्तजनले चढाएको भेटिबाट तलवको ब्यवस्था गरिएको अधिकारीले जानकारी दिए । उनले भने,‘ शिक्षकका लागी सरकारी सेवा सुविधा दिने गरि नियूक्त गरेका हौँ ।’ तर अहिले शिक्षकहरुलाई तलव खुवाउन समस्या भएको छ ।
आश्रममा पठनपाठनका लागी वस्दै आएका विद्यार्थीहरुका लागी खानेवस्ने तथा लगाउने कपडा सवैको ब्यवस्था आश्रम आफैले दिदै आएको छ । ‘९५ जना विद्यार्थीहरुको लागी खाने, वस्ने लगाएतका सेवा आश्रमको भरमा रहेको छ ।’ क्यान्टीन प्रमुख वावुराम न्यौपानेले भने,‘मन्दिरमा पर्यटकले भेटि नचढाए भोकै वस्नुपर्ने समस्या आउन सक्छ ।’ मन्दिरको आश्रम नै भेटिको भरमा सञ्चालन भइ रहेको छ । आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर पर्नु परेको हो । अन्य आम्दानीको स्रोत नहुँदा भेटीबाटै आश्रम चलाउनु परिरहेको छ,’लेखापाल भट्टराईले भने,‘ भक्तजन नआए आश्रम सञ्चालन गर्न समस्या हुने अवस्थामा पुगेको छ ।’ देशकै पवित्र धामिक तिर्थस्थल मध्ये निकै चर्चित मानिएको स्वर्गद्धारी पछिल्लो समय भक्तजनको पहिलो रोजाईमा पर्ने गरेको छ । तर आश्रमका सवै गतिविधि सञ्चालन गर्न भक्तजन कुर्नुपर्ने अवस्थाले समस्या उत्पन्न भएको छ । आश्रममा कक्षा १ देखि १० सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा संस्कृत पाठ्यपुस्तकका साथै सरकारले अनिवार्य गरेका विषयसमेत पढाउने गरिएको छ । संस्कृत अध्ययनका लागी प्यूठान,दाङ,रोल्पा लगायत देशैभरीबाट आउने गरेका छन ।
गत आर्थीक वर्षमा स्वर्गद्धारी आश्रममा झण्डै रु एक करोड ७० लाख भेटी सङ्कलन भएको थियो । दैनिक पुजापाठ हुने स्वर्गद्धारीका लागी आवश्यक पर्ने तेल किन्नमा मात्रै ७० लाखभन्दा वढि रकम खर्च हुने गरेको छ । यस्तै आश्रम नै आफै थला परेको वेला आश्रमकै खर्चमा सञ्चालनमा रहेको विद्यालय पनि उस्तै अवस्थामा पुगेको छ । मासिक एक लाख भन्दा वढि रकम शिक्षकहरुलाई तलवमै सकिन्छ आश्रमका लेखापाल भट्टराईले बताए । फोटो÷क्याप्सनःस्वर्गद्धारीमा सस्कृत अध्ययन गर्ने विद्यार्थीहरु ।