राजेश जीसी,प्यूठान आशिवन १०
अस्थायी शिक्षकहरुका लागी शिक्षा सेवा आयोगले असोज ११ गतेदेखि १३ गतेसम्म लिने परिक्षा तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई समिती प्यूठानले जनाएको छ । परिक्षा सञ्चालनका लागी आबश्यक सबै काम सकिएको शिक्षा विकास तथा समन्वय इकाई समिती प्यूठानका प्रमुख शिवराज पण्डितले बताए । उनले भने,‘शिक्षा सेवा आयोगको परिक्षाको लागी आवशयक सबै काम पुरा गरेका छौँ ।’
भोली असोज ११ गते माध्यमिक तह,१२ गते नि मा वि तह र अन्तिम दिन असोज १३ गते प्राथमिक तहको परिक्षा हुनेछ । परिक्षाका लागी प्यूठान जिल्लामा ११ वटा केन्द्र तोकिएको छ भने प्यूठान जिल्लाका विभिन्न परिक्षा केन्द्रबाट करिव २ हजार ३ सय ५७ जना परिक्षार्थीहरुले परिक्षा दिने प्रमुख शिवराज पण्डितले जानकारी दिए ।
शिक्षा सेवा आयोगको परिक्षा तयारी पुरा ।।
