प्यूठान आश्विन १०
ठेकेदारको लापर्वाहीका कारण खवाङ्ग स्वास्थ्य चौकिको भवन निमार्ण कार्य सम्पन्न हुन सकेको छैन ।
निर्माण कार्य सुरु गरेको ७ वर्ष पुरा हुदाँ समेत खवाङ्ग स्वास्थ्य चौकि निर्माण कार्य सम्पन्न हुन नसकेको हो । सम्झौता मितीले डेढ वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने भएपनि हालसम्म ठेकेदारको लापरवाहिले ७ वर्षसम्म पनि काम समपन्न हुन नसकेको हो । निर्माण कार्य सुरु भएको ७ वर्षमा ६० प्रतिशत काम पनि सम्पन्न भएको छैन् । ०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति(राप्ती(उच्च हिमालय जेभीुले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार पुनले डेढ वर्ष्भित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए । समयमै निर्माण कार्य समपन्न नगरेका कारण अमंरसिंह पुनको नाममा रहेको नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभीलाई कालो सुचीमा राख्न जिल्ला प्रशासन कार्यालय प्यूठानले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस समेत गरिएको थियो ।
नेपाली कग्रेसको सरकारको क्रममा नेकपा माओवादी केन्द्रका तर्फवाट ०७० सालमा समानुपातिक कोटावाट सभासद बनेका थिए । साथै सोही सरकारका पालामा सिचाई राज्यमन्त्रि समेत बनेका रोल्पाका अमंरसिहं पुनले ठैक्कामा लिएको स्वास्थ्य चौकिको भवन निर्माणको काम विचमै छाड्दा अलपत्र अवस्थामा परेको छ । २०६९ असोजमा सम्पन्न हुनुपर्ने भवन ठेकेदार एंव पूर्व सिंचाई राज्यमन्त्री समेत रहेका अमरंिसह पुनले समयमै काम नगरेकाले स्वास्थ्य चौकिको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ । काम थालनी गरेको वर्षौं बिति सक्दा समेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । सुविधा समपन्न भवन बनने भयो भने हौसियका थियो तर ७ बर्षसम्म पनि भबन नबने खवाङ्गवासीले भने अहिले भवन जिर्ण अवस्थामा पुगेको छ । भवनभित्र घाँस उम्रिएको छ ।
। सिचाई राज्यमन्त्रिले ओगटेर वसेको ठेक्कालाई अहिले ठेक्का तोडेर पुननिर्माण प्रक्रियामा लगिने भएको छ । २ तलाको १६ कोठे भवन निर्माण गर्ने स्टिमेट रहेकोमा ठेकेदारले ६० प्रतिशत पनि काम नगरेको भवन डिभिजन कार्यालय रोल्पाले जानकारि दिएको छ । लामो समय सम्म पनि निर्माण कार्य नभएकाले भवन डिभिजन कार्यालय रोल्पाले पून स्टिमेट गरेको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागी रिटेन्टर गर्ने डिभिजन कार्यालय रोल्पाले जनाएको छ । तर डिभिजन कार्यालयबाट स्वास्थ्यचौकी भवनको स्टिमेट गर्ने कर्मचारी आएको भएपनि अहिलेसमम कार्यालयमा कुनै पनि जानकारी नदिएको खवाङ्ग स्वास्थ्यचौकीका इन्र्चाज तारा ब. थापाले बताए ।