प्यूठान कात्तिक ०९
प्यूठानमा खाना पकाउने एल पि ग्यासको मुल्यमा कालोबजारी भएको छ । तर अनुगमन गर्ने निकाय भने ग्यासमा भएको कालोबजारी नियन्त्रण गर्नतर्फ मौन रहेको छ । प्यूठानका व्यवसायीले ग्याँसको कारोबारमा खुलेआम कालोबजारी गरिरहेका पनि नियन्त्रण गर्न सम्वन्धित निकाय मौनता देखाएको छ । सरकारले तोकेको ग्याँसको अधिकतम खरिद विक्री मुल्य तोकेपनि जिल्लाका ग्यास ब्यवसायिले १ सय २५ रुपैयाँ भन्दा बढीसम्म लिएर कारोबार गरिरहेका छन् ।
जिल्लामा ग्याँसको मुल्यमा खुलेयाम कालोवजारी भइरहे पनि नियन्त्रण गर्न भने जिल्ला प्रशासन कार्यालय प्यूठानले कुनै चासो देखाएको छैन । जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रजिअ बद्रिनाथ गैरेले अब छिट्टै सबै ग्याँस व्यवसायीहरुसँग छलफल गरी एउटै मुल्य कायम गर्ने बताए । व्यवसायीहरुलाई उपभोक्ताको अधिकार समेतलाई ध्यानमा राखेर मुल्य निर्धारण गर्न र जथाभावी मुल्य नतोक्न पनि प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले ब्यवसायिलाई आग्रह गरे ।
चाडपर्वको बेला खाना पकाउने ग्याँसको मुल्य मनपरी तोक्दा उपभोक्ताहरु बढी मारमा परेका छन् । यहाका ब्यापारीले ग्याँसको मुल्य सरकारले तोकेभन्दा १ सय २५ रुपैयासम्म लिएर कारोबार भइरहेको छन । ग्याँसको ढुवानीको कारण देखाउँदै व्यवसायीहरुले बढी मुल्य लिने गरेका छन् । जिल्लाको बाग्दुलामा जानकी ग्यासको मुल्य १५ सय २५ छ भने खलंगामा सोही कम्पनीको ग्यासको मुल्य १५ सय रुपैया पर्न गरेको छ ।
प्यूठानका बजारहरुमा राप्ती, भेरी,जानकी,मनकामना,सिद्धार्थ लगायतका कम्पनीका ग्याँस विक्रि हुदै आएको छ । तर जिल्लाको विजुवार,जुर्मी,बाग्दरला लगायतका बजारमै ग्याँसको फरक–फरक मुल्य रहेको छ । उत्पादक कम्पनीले निश्चित ठाउँसम्म ढुवानी नगरिदिएको कारण व्यवसायीले सरकारले तोकेको मुल्यभन्दा १ सय २५ रुपैयाँसम्म मुल्य लिएर गसको विक्री वितरण गरिरहेका छन् ।
ग्यास उत्पादक कम्पनीले जुर्मी तथा बाग्दुलासम्म ढुवानी गरिदिने गरेको र त्यहाँबाट खलंगासम्म ढुवानी जोडेर आफुले प्रति सिलिण्डर १५ सय रुपैयाँका दरले विक्री वितरण गरिरहेको खलंगाका ग्यास ब्यबसाय जगन्नाथ श्रेष्ठले बताए । उनले भने,‘गस कम्पनीले आधा बाटोसम्म ग्यास ढुवानी गर्छ,त्यहाँबाट हामीले ग्यास ल्याउनुपर्न हुदाँ केही महँग्रो हुन्छ ।’
खाना पकाउने ग्याँसको मुल्य सरकारले प्रतिसिलिण्डर १४ सय रुपैयाँ तोकेको छ । जिल्लाका व्यवसायीले प्रतिसिलिण्डर १५ सय २५ रुपैयाँसम्म बिक्रि वितरण भएको छ भने ग्रामिण क्षेत्रमा १६ सय देखि १८ सयसम्म रुपैया लिदै आएका छन् । जथाभावी बजार मुल्यका कारण उपभोक्ताले बढी मुल्य तिर्न बाध्य भएको गुनासो गरेका छन ।