प्यूठान,कार्तिक १३
शनिवारवाट सुरु भएको जिल्ला स्तरिय अण्डर–१९ फुटवल प्रतियोगिताको उपाधि आयोजक खलङ्ग एफ सिले उचालेको छ । मगंलवार विहान भएको फाईनल खेलमा आयोजक खलङ्गा एफसिले बहानेलाई १–० गोल अन्तरले पराजित गर्दे उपाधि उचालेको हो । खलङ्गा टुडिखेलमा भएको फाईनल खेलमा आक्रामक खेलेको बहाने सम्हालिन नसक्दा हार वेहोरेको हो । खलङ्गाको जितका लागी एकमात्रै निर्णायक गोल गोलकिपर आसाराम नकर्मिले गरे । नकर्मिले आफ्नै पोष्टवाट प्रहार गरेको थ्रोलाई गोलमा परिणत गरेका हुन् । बहानेका गोलकिपरले बललाई रोक्न नसक्दा गोलमा परिणत हुन पुग्यो ।
उसले जितसगैं २० हजार नगद पुरस्कार सहित कप,मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको बहानेले भने १० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यू१९ फुटवलको उपाधि खलङ्गा एफ सि लाई
