प्यूठान मंसिर ०२
पछिल्लो समय जिल्लाका किसानले टिमुर खेततर्फ आकर्षित भएका छन । टिमुरको मल्य राम्रो र एक पटक लगाएपछि लामो समयसम्म उत्पादन दिने भूएकाले किसान यस तर्फ आकर्षित भएका हुन् । जिल्लाका किसानले टिमुर खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । केहि वर्षअघि बोटमै खेर जाने टिमुरको मुल्य र माग बढेपछि किसानहरु आकर्षित भएका हुन् ।
गतवर्ष टिमुर सात सय रुपिँया प्रतिकिलो विक्री भएको प्यूठान नगरपालिका–५ ढुंगेठाटीका स्थानीय व्यापारी झग बहादुर बुढामगरले जानकारी दिए । जिल्लाको टिमुर पकेट क्षेत्र प्यूठान नगरपालिकाको जुम्रिकाँढा, माझकोट, विजयनगर, नौबहिनी गाउँपालिकाको लिघा, फोप्ली, डाम्री, खबाङ र स्वर्गद्वारी नगरपालिकाको खाल,कोचिबाङ क्षेत्रका स्थानीयले टिमुर खेती गर्दै आएको जिल्ला वन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले बताए । किसानले टिमुर विक्री गरेर राम्रो आम्दानी गरेको उनले जानकारी दिए । गतवर्ष यहाँबाट ५० क्विन्टल निकासी भयो, उनले भने,‘ एक जना किसानले डेढ क्विन्टलसम्म विक्री गरे ।’ असोज, कात्तिक टिमुर टिप्ने महिना हो । जिल्लाका टिमुर पाइने स्वर्गद्धारी, कोचिवाङ, फोप्ली, डामृ, लिघा, माझकोट, जुम्रीकाँडाका किसानहरुले टिमुर टिप्न शुरु गरिसकेका छन् । सामुदायिक वनसँगै किसानले आफ्नै बारीमा समेत टिमुरको विरुवा लगाउन थालेका छन् । डिभिजन वन कार्यालय प्यूठानले गत असारमा एघार हजार र फुलवारी एकीकृत ग्रामीण विकास संस्थाले इनम्याप्स कार्यक्रम अन्र्तगत किसानलाई नौ हजार टिमुरका विरुवा वितरण गरेको छ ।
प्यूठानबाट आर्थिक वर्ष २०७३÷०७४ मा २७ हजार दुई सय केजी र २०७४÷०७५ मा १५ हजार दुई सय ३८ केजी टिमुर जिल्लाबाट निकासी भएको कार्यालयको तथ्याङ्क छ । वर्षेनी एक करोड बढी मुल्यको टिमुर विक्रि हुन थालेको कार्यालयले जनाएको छ । यसवर्ष विरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन थाल्ने जिल्ला वन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले बताए । उनले भने,‘प्रति केजी ७ सयदेखि १ हजार रुपिँयासम्म किसानले पाउने गरेका छन् ।’ केहि बर्ष यता जिल्लामा किसानहरु टिमुर खेतीमा लागेका छन । प्युठानमा उत्पादन भएको टिमुर प्युठानसंगै देशका बिभिन्न जिल्लाका साथै नेपालका नेपालगञ्ज र विरगञ्ज नाका हुँदै भारतका बिभिन्न सहरमा पुग्ने गरेको रेन्जर पौडेलले जानकारी दिए । ‘जिल्लाका किसानले उत्पादन गरेको टिमुर देशका बिभिन्न जिल्लाका साथै भारतको नयाँ दिल्ली,पञ्जाब लगायतका स्थानमा निर्यात भएको छ’ उनले बताए । टिमुरको प्रशोधनका लागि स्वर्गद्धारीमा स्वर्गद्धारी मसला उद्योग र विजुवारमा स्वर्गद्धारी हर्वल उद्योग स्थापना भएको छ । यसरी देशसंगै देश बाहिर समेत टिमुर खपत हुँदा जिल्लामा टिमुर उत्पादन गर्ने व्यक्तिको संख्यामा वृद्धि भएको छ ।
टिमुर खेतिबाट राम्रो आम्दानी गर्दै किसान ।।
