प्यूठान,मंसिर ०४।
सिसिटिभी जडान गर्दा अब जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य लिनुपर्ने भएको छ। पछिल्लो समय प्युठानमा सिसिटिभी क्यामेरा जडान गर्ने प्रचलन तीव्र रूपमा बढ्दै गएपछि अनुमति लिनुपर्ने भएको हो। अहिले जिल्लाका व्यापारिक प्रतिष्ठान,निजी निवास,सरकारी कार्यालय,पसलहरू,होटल, विद्यालय,लगायतका संस्थाहरूमा समेत सिसी क्यामेरा जडान भएका छन् । सुरक्षालाई मध्येनजर गरी जडान गरिने यी क्यामेराहरूका बारेमा सुरुमा केही पनि नियम कानुन नबन्दा क्यामेरा जडान गर्नेहरुको संख्या बढेको हो।
सिसिटिभीको प्रयोग बढ्दै गएपछि त्यसमाथि नियन्त्रण तथा नियमन गर्न सरकारले सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्य्िवधी २०७२ अनुसार गृह मन्त्रालयले सिसिटिभी जडान गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हुदा अब जो कसैले सिसिटिभी जडान गर्दा जिल्ला प्रशासन कार्यालय प्युठानबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गरैले बताए। सिसिटिभी जडान गर्नका लागि प्रशासनमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार सिसिटिभी जडान गर्न अनुमति दिएपछि मात्रै सिसिटिभी जडान गर्न पाइने उनले बताए।
प्र.जि.अ गैरेले हालसम्म अनुमति नलिई सिसिटिभी जडान गर्ने संस्था ब्यक्तिले अबको १५ दिन भित्र आवश्यक कागजपत्र पेशगरी अनुमति लिन तथा आगामि दिनहरुमा सिसिटिभी जडान गर्न चाहाने संस्था ब्यक्तिले जिल्ला प्रशासन कार्यालय प्युठानबाट अनुमति लिएर मात्र जडान गर्नुहुन सम्बन्धी सबैमा अनुरोध समेत गरेका छन। उनका अनुसार यदि विना अनुमति सिसिटिभी जडान तथा सञ्चालन गर्नेलाई विद्युतीय ऐनअनुसार कारबाही गरीने बताए।
सिसिटिभी जडान अनुमतिका लागि प्रयोजन खुलेको निवेदन,व्यक्तिको नागरिकताको प्रतिलिपि र परिचय खुल्ने अन्य कागजात,घरको नक्साको प्रतिलिपि,गाउंपालिका वा नगरपालिकाको सिफारिस तथा सिसिटिभीको निगरानीका लागि खटिने व्यक्तिको विवरण समेत बुझाउनु पर्ने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।
अहिले सिसिटिभी जडान तथा सञ्चालन कार्य्िवधिले ३ प्रकारले सिसिटिभी जडान गर्ने ठाउँको वर्गीकरण गरेको छ । कार्य्िवधिअनुसार सार्वजनिक क्षेत्रका लागि, अपराध न्यूनीकरण, ट्राफिक नियन्त्रण तथा अन्य सुरक्षासँग जोडिएका संवेदनशील क्षेत्रमा जडान गरिने सिसिटिभी सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, त्यस्तै व्यापारिक प्रयोजन र निजी प्रयोजनका लागि भनेर छुट्याएको छ ।
त्यस्तै अनुमतिविना खिचिएका रेकर्डहरू कतै पनि सार्वजनिक गर्न नपाइने कार्य्िवधिमा उल्लेख छ । सिसिटिभी जडान भएको ठाउँमा अनिवार्यरूपमा त्यसबारेमा जानकारी वा संकेत राख्नुपर्ने पनि नियममा उल्लेख रहेको छ ।।
सिसिटिभी जडान गर्दा अब जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने
