प्यूठान मंसिर ०६
प्यूठान नगरपालिका ७ पूण्यखोलामा रहेको सुप्रिय सिरक डसना उद्योग र मिलमा आगलागी भएको छ । बिहीवार दिउसो २ बजेतिर उद्योगमा आगलागी भएको छ । विद्युत सटभइ आगलागी हुदाँ ६५ लाख रुपैया बरावरको क्षति भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताए । आगलागीवाट उद्योगमा रहेको सिरक डसनाका साथै मिलमा रहेको खाद्यान्न नष्ट भएको छ भने मेसिन काम नलाग्ने भएको छ । नगरपालिकाको ढमकल आउन ढिला गर्दा बढि क्षेती भएको उनले बताए । उद्योगमा लागेको आगो १ घण्टापछि स्थानिय, शसस्त्र प्रहरी र नेपाल आर्मीले नियन्त्रणमा लिएका थिए ।
सिरक डसना उद्योग आगलागी, ६५ लाख बराबरको क्षती ।।
