मंसिर १३
प्यूठान नगरपालिका–६ माझकोटकी तनी घर्ति तरकारी खेतिबाट जीविको पार्जन गर्दै आएकी छिन् । उनले २ रोपनी जग्गामा बन्दा,काउली,वोडी लगायतका तरकारी लगाएकी छिन् । विगत केही बर्ष पहिलेदेखि ब्यबसायिक तरकारी खेतीमा घर्ति लागेकी हुन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट उनले ६ जना छोरी,२ छोरा र श्रीमान् गरी १० जनाको परिवार पाल्दै आएकी छिन् । उनले भनिन्‘परिवार पाल्ने मुख्य आम्दानीको स्रोत तरकारी खेती हो ।’ तरकारी खेतीबाटै २ भाई छोरालाई उच्च शिक्षाका लागी काठमाण्डौमा अध्ययन गराएकीछिन् । व्यवसायिक तरकारी खेतीवाट राम्रै आम्दानी पाएपछि कृषि कर्ममा आकर्षण जागेको पून बताउँछिन् । तरकारी खेतीवाट सफलता पाउदाँ मनमा शान्ति छाएको छ ।
‘तरकारीको बजार राम्रो छ’उनले भनिन्,‘उत्पादीत तरकारी वाग्दुलाको तरकारी संकलन केन्द्रमा पठाउछ’ु । तरकारी खेतीवाट एकै सिजनमा एक लाख देखी डेढ लाखसम्म आम्दानी गर्दै आएकी छिन् । तरकारी खरिदका लागि ब्यापारीहरु घरमै गाडी लिएर आउने गरेको उनले बताइन् । ‘पहिले पहिले डोको मै बोकेर विक्रिका लागि बजारमा पुग्थ्यौं तर अहिले ब्यापारी घरमै आउछन’ उनले भनिन् । वर्षे सिजनमा १५ सय क्वीन्टल काक्रो मात्रै विक्रि गरेको उहाँको भनाई छ । ‘गत दुई महिनामा काक्रोसंगै वर्षे तरकारी विक्रिवाट झण्डै ७० हजार आम्दानी भयो’ उनले भनिन्‘दुई रोपनी जग्गामा लगाएको वन्दा र फूलगोपी विक्रिका लागि तयार हुदै छ ।’ श्रीमान् पनि उनीसंगै दैनिक तरकारी खेतीमै व्यस्त रहन्छन् । परिवारको पालन पोषणको लागी भारत जाने चलन पहिलैदेखि भएपनि श्रीमतिसगै तरकारीमा लागेकाले परिवार छोडि कहिल्यै भारत जान नपरेको श्रीमान चन्द्र बहादुर घर्तिले बताए । उनले भने,‘परिवारसगैँ बसेर काम गर्दा छुट्टै आन्नद आउदो रहेछ ।’ तरकारी खेतीकै आम्दानीवाटै २ भाई छोरालाई काठमाण्डौं पढाउन पठाएको र पढन् गएको एक छोरा भर्खरै भारतीय सैनिकमा भर्ति हुन सफल भएको उनले सुनाए ।
उता प्यूठान नगरपालिका–६ माझकोटकै अस्मीता बोहोरा २ वर्षदेखि व्यवसायिक तरकारी खेतीमै रमाउँदै आएकी छिन् । ‘तरकारी खोतीले राम्रै प्रतिफल दिएको छ’ उनले भनिन्, ‘थप जग्गामा पनि तरकारी खेती विस्तार गर्ने योजना छ ।’ अन्य अन्नवालीबाट ६ महिना पनि परिवार धन्न मुश्किल पर्ने तर तरकारी खेतीवाट राम्रो आम्दानी हुने गरेकाले तरकारी खेतीमा लागेको उनले बताूइन् । तरकारी खेतीवाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश स्थानीय तरकारी खेतीतर्फ आकर्षीत भएका छन् । प्यूठान नगरपालिका–६ माझकोटका झण्डै २ सय वढी किसान तरकारी खेतीवाटै जिविका निर्वाहसंगै मनग्य आम्दानी गर्न सफल भएका वडा अध्यक्ष कमानसिंह पुन बताए । “व्यवसायिक तरकारी खेती गर्ने कृषको संख्या वढ्दै गएको छ”, पुनले भने । मानागाँउ, गुरुङगाउँ जुम्लीधार लगाएत क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने गरेको छ ।
सिचाईको समस्याका कारण समस्या उत्पन्न ।
भौगोलिक अबस्थाका कारण यहाँ सिंचाईका लागी निकै समस्या रहेको किसानको गुनासो छ । ‘सिंचाईका लागि आकाशे पानीकै भर पर्नु पर्छ’ स्थानीय विष्णु वहादुर केसीले भने,‘खानेपानीकै समस्या छ सिंचाई त परकै कुरा हो ।’ सिंचाई असुविधा हुँदा कृषकहरुले सोचे अनुसार उत्पादन गर्न नसकेको उनी बताउछन् । मौसमी बेमौसमी तरकारी खेतीसंगै टमाटर उत्पादनमा समेत यो गाउँ अव्वल छ । यहाँको गुरुङ्गगाउँ टमारटका लागी जिल्लाकै चर्चित मानिन्छ । तर,सिंचाई सुविधा र सरकारी निकायको मौनताका कारण मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्न समस्या रहेको किसानको गुनासो छ ।