
विविदेशबाट फर्किएर बाख्रापालन ब्यवसाय लागे बि क
प्युठान पौष ०५
दक्षिणी प्यूठानको सरुमारानी गाउँपालिका ३ हंसपुरका ३९ बर्षीया नेक बहादुर बिक ब्यवसायिक बाख्रापालन ब्यवसायमा लागेर आत्मनिर्भर भएका छन । परिवारको दैनिकी गुजरा चलान ५ बर्षसम्म बिदेश बसेका उनी सोचे अनुसार पैसा कमाउन नसकेपछि स्वदेश फर्केर उनी ब्यवसायिक रुपमा बाख्रापालन ब्यवसायमा लागेका हुन् । यही पेशाबाट अहिले परिवारको दैनिक जीवन गुजारा चलाएका छन् । उनले आठ लाख रुपैयाँ लगानी गरेर गाउँमै जेएनटि बाख्रा तथा कुखुरा फार्म दर्ता गरि सञ्चालन गरेका छन् । ५ वर्षसम्म बिदेश बसेका बिकले बिदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै बाख्रापालन गर्न लागेको बि कले बताए ।
उनले बैंकबाट ऋृण लिएर व्यवसायिक बाख्रा, कुखुरापालन ब्यवसाय सञ्चालन गरेको जानकारी दिए । उनले अहिले ७५ वटा खरी जातका बाख्रा पालेका छन् । ती सबै उन्नत जातको बोकासंग क्रस गरिएको हो । उनले ३ लाख ५० हजारको लगानिमा आधुनिक खोरसमेत बनाएका छन् । व्यबस्थित खोर बनाएकाले खोरमै दानापानी र घाँस खुवाउने प्रवन्ध मिलाईएको उनले बताए । बोका र खसीको माग राम्रो भएकाले बजारको समस्या नभएको बि कले बताए । ‘वोका र खसी बिक्रीका लागि वजारको खोज्नुपर्ने अबस्था छौँ’,उनले भने,‘खोरमै खसी बोका किन्न ग्राहक आउछन ।’
एउटा बाख्राको पाठो बेचे महिना भरी खान पुग्ने उनले जानकारी दिए । गत बर्ष १ लाख ५० हजारको खसी बेचेको उनले जानकारी दिए ।
गोठ सरसफाइ देखि बाख्रा,कुखुरालाई घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । जिल्ला पशुसेवा कार्यालय र सरुमारानी गाउँपालिकाले ५०÷५० हजार अनुदान दिएको उनले बताए ।
विदेश छाडेर गाउँमै बाख्रापालन
लामो समयसम्म बिदेशको काम गरेका उनी हाँल आफ्नै गाउँमा बाख्रापाल्दै आएका छन् । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख शीत पाल्ने रहर बोकेर कतार पुगेका उनी घर फर्कदा उनमा फेरि बिदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो । उनले विदेशमा महिनाको २० हजार कमाउन १०÷११ घण्टा काम गर्नुपरेको बताए । उनी भन्छन् ‘अब विदृश जान्न , आफ्नै देशमा दुःख गरे मनग्य कमाईदोरहेछ । ’
बाख्रासंगै तरकारी खेति र कुखुरा पालन
नेक बहादुरले बाख्रापालनका साथै तरकारी खेती र लोकल कुखुरापालन गरेका छन । बाख्रालाई घांसमा आधारित बनाउन करिव १४ रोपनि जमिनमा घाँस खेती गरेका छन ।’ स्थानीय कुखुरालाई संरक्षण गर्ने उदेश्यका साथ १ सय ५० कुखुरा समेत उनले पालेका छन । कुखुरा जति सबै गाउँघरमै बिक्री हुन्छ । प्रतिकिलो ५ सयमा कुखुरा बिक्री हुने गरेको उनले जानकारी दिए । बाख्रा र कुखुरावाट निस्किएको मल आफ्नै खेतबारीमा प्रयोग गरेर तरकारी खेती समेत गरिरहेका उनले बताए ।
यूवालाई आफ्नै देशमा काम गर्न आग्रह
२ वर्ष कतारमा बस्दा निकै दुःख पाएका उनले यूवालाई विदेशी मुलुक जानुभन्दा आफ्नै देशमा काम गर्न आग्रह गरेका छन् । यूवाहरु घर जग्गा धितो राखेर विदेश गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा पसिना बगाउन आग्रह गरेका छन् । उनले कृषि फार्मको ४ बर्षे अन्तरालमो ठूलो सफलता हात पारेका छन । यसैको कमाईबाट गाउँमै १५ लाखको खेतबारि जोडेको नेक बहादुरले बताए । ’स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो,कृषि पेशामा लागेँ उनले भने,‘यसैको कमाईले जिवनस्तर पनि उठ्यो।’ लगानि भए व्यवसयाय गर्न कुनै समस्या छैन ।