प्यूठान पौष २८
नेपाल पर्यटन पत्रकार महासंघ जिल्लाा शाखा प्युठानको दास्रो जिल्ला अधिवेशनबाट निर्वाचत कार्यसमितिको पहिलो बैठक आज सम्पन्न भएको छ । शाखाका अध्यक्ष ससिधर भण्डारीको अध्यक्षतामा महासंघका केन्द्रिय सदस्य हरी भण्डारीको आथिथ्यतामा जिल्लाको प्रचुर पर्यटकीय सम्भावना बोकेको महत्वपुर्ण पर्यटकीय स्थल मल्लारानी गाउंपालिका ४ स्थित मल्लारानीमा बैठक सम्पन्न गरीएको हो।
संघको आजको बैठकले जिल्लाको महत्वपुर्ण पर्यटकीय स्थल मल्लारानीको पुर्वाधार बिकास,प्रवद्र्धन र प्रचार प्रसारका लागिस्थानिय तहलाई ध्यानाकर्षण गर्ने र प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग गर्ने,ऐरावती गाउंपालिकामा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने,सबै स्थानिय तहमा पर्यटन निति र आगामि कार्यक्रम बारे समन्वयमा बैठक बसि कार्यक्रम तय गर्ने,संघको कार्यसमितिमा बांकि रहेको २ पदमा बिमल प्रसाद पोख्रले र जोगिन्द्र मल्लालाई मनोनयन गर्ने,सल्लाकार समिति सदस्यमा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाविर राना, नेपाल पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष शुसिल पोख्रेल,बरिष्ठ पत्रकार सन्जय रिजाल,होटल ब्यवसायी संघ प्युठाका अध्यक्ष,गन्ज बहादुर थापा र उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिलाई सल्लाकार समिति सदस्यमा राख्ने,लगायतका निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार सन्जय रिजालले देशको आर्थिक बिकासमा पर्यटकिय स्थलले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।प्युठान जिल्ला पर्यटकिय दृष्टिले धनी मानियतापनि जिल्लामा भएका पर्यटकिय स्थलहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताउनु भयो। जिल्लामा भएका पर्यटकिय स्थलहरुको खोज अनुसन्धान तथा पहिचान गरी पर्यटकिय स्थलहरुमो ब्यापक मात्रामा प्रचार प्रसार गरेमा प्युठान जिल्लालाई पर्यटकिय क्षेत्रमा अगाडि बढाउन सकिने बताउनु भयो।यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्युठानका सचिव बिजयसिंह भारतीले प्युठानका अधिकांश स्थानिय तहहरु पर्यटकिय स्थलहरुको नामबाट नामाकरण गरीएको र स्थानिय तहहरुले पर्यटन क्षेत्रमा नामअनुसारको काम नगर्दा जिल्लाका पर्यटकिय स्थलहरुको बिकास हुन नसकेको बताउनु भयो ।