सागर रिजाल
प्युठान,१६ माघ ।
जिल्लामा ‘प्युठान महोत्सव’ सञ्चालन हुने भएको छ । जुम्री बसपार्क व्यवस्थापन समितिको आयोजनामा यही फागुन ३ गतेदेखि १३ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको छ । महोत्सवको बारेमा आयोजकले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई जानकारी गराएको छ ।
प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको व्यवस्थापन गर्न महोत्सवको आयोजना गर्न लागिएको समितिका अध्यक्ष तथा महोत्सव मुल कमिटीका संयोजक सुमनराज श्रेष्ठले बताउनुभयो । करिब १३ वर्ष पहिले स्थापना भएको जुम्री बसपार्क व्यवस्थापन हुन नसकेकोले महोत्सव मार्फत बसपार्क व्यवस्थापन गर्ने मुख्य उदेश्य लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,–‘बसपार्क सोचेजस्तो परिवर्तन गर्न सकिएन । ’ आफ्नो कार्यसमिति आएपछि बाटोमा पार्किङ गर्न रोकेको, टिकट घर बसपार्कमा स्थापना गरेको उहाँले बताउनुभयो । बसपार्क व्यवस्थापन गर्न कसैले सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,–‘महोत्सवमा आम्दानी भएको रकमले बसपार्क व्यवस्थापन गर्न सकिने विश्वास लिएको छु । ’
महोत्सवमा नेपाली कला, संस्कृतिको जर्गेना गर्न नेवार, मगर, कुमाल सस्कृतिको झझल्को देखाईने संयोजक श्रेष्ठले बताउनुभयो । त्यस्तै महोत्सवमा निशुल्क रुपमा कृषि, उद्योगका स्टल राख्न सकिने उहाँले । जिल्लाका पर्यटकीय तिर्थस्थलहरुको प्रचारप्रसार, संरक्षण र सम्बद्धन गर्न समेत मेलाले सहयोग गर्ने श्रेष्ठले बताउनुभयो ।
दश दिन सम्म लाग्ने प्युठान महोत्सवलाई पत्रकारिताको क्षेत्रबाट भरपुर सहयोग जिल्लाका क्रियाशिल पत्रकारले जनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना मगरले महोत्सव भव्य र सब्य रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । जिल्लामा धेरै संघसंस्थाले मेलाको आयोजना गरेपनि जे उदेश्य अनुरुप मेला लगाईन्छ त्यो पुरा नगरेको देखिन्छ । उहाँले भन्नुभयोे,–‘ अहिले लागेको मेलाले लिएको उदेश्य पुरा गरोस । ’
जनताले उत्पादन गरेको बस्तुको बजारीकरण र लोप हुन लागेको संस्कृतिलाई जोगाउन समेत उहाँले आग्रह गर्नुभयो । कृषि, पर्यटन र उर्जा जिल्लाको आधारस्तम्भ हुन् तर यसको क्षेत्रमा काम नभएको उहाँले बताउनुभयो । यसको पक्षका काम गर्छु भनि जिल्लामा धेरै पटक महोत्सव लागे तर केहि सुधार भएन । उहाँले भन्नुभयो,–‘यो महोत्सवले यी क्षेत्रको सुधार गरोस ।’ जिल्लामा अव्यवस्थित रुपमा गाडीहरु राखिएको देखिन्छ, उहाँले भन्नुभयो ,–‘यसको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । ’ त्यस्तै महोत्सवमा सोरठी नाँच, मारुनी नाँच, माडिखोले नाँच पनि दर्शकलाई देखाउनुपर्ने महासंघका अध्यक्ष रानामगरले बताउनुभयो ।
संकलित रकमले एम्बुलेन्स सञ्चालन गर्ने योजना
महोत्सवमा संकलन भएको रकमले एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएको संयोजक श्रेष्ठले बताउनुभयो । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा समस्या छ ।श्रेष्ठले भन्नुभयो,–‘समस्याको समाधान गर्न अत्याधुनिक एम्बुलेन्स ल्याउने भनेका हौँ ।’
साथै महोत्सव सञ्चालन गर्न ७ वटा उपसमिति पनि गठन गरिएको छ । प्रचार प्रसार उपसमिती ,आर्थिक समिती, स्वयंसेवक तथा सुरक्षा उपसमिती ,खानेपानी बिद्धुत तथा प्राबिधिक उपसमिती ,सास्कृतिक मञ्च ब्याबस्थापन उपसमिती ,सुचना तथा सन्चार उपसमिती ,प्रयोजक तथा बिज्ञापन उपसमिती लगाएतका उपसमिती गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभएको छ ।
बसपार्कलाई व्यवस्थापन गर्न ‘प्युठान महोत्सव ’
