सिता बि.क प्यूठान,माघ २७
प्युठान जिल्लामा रहेको निजि क्षेत्रबाट संचालित उद्दमशिलता बिकास सम्बन्धि अध्यापन गराइने एक मात्र झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन मा अध्ययन गर्ने बिध्यार्थिहरुको आन्तरिक तर्फको अन्तिम परिक्षा आज देखि सुरु गरिएको छ। पहिलो दिन उद्यम बिकासका लागी सामाजिक परिचालन बिषयमा बिध्यार्थिले परिक्षा दिएका हुन् । उद्यम विकास सहजकर्ता अबको दिनका लागि राम्रो सम्भावना बोकेको प्राविधिक शिक्षा मानिन्छ -“कलेजका अध्यक्ष सागर पोख्रेलले भन्नुभयो -” यस्तो शिक्षा हासिल गरे पश्चात रोजगारी तथा स्वरोजगारी को ग्यारेन्टी हुने भएकाले यसको अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।” नेपालमा रोजगारीको अवसर कम भएको भन्दै दिनहुँ १ हजार २ सय भन्दा बढी युवा बिदेशिनुपर्ने बाध्यता हुनेभएकाले सीप तथा प्राविधिक शिक्षा लिएका युवा स्वदेशमा नै बिदेशमा कमाए सरह आम्दानी प्रदान गराई स्वदेशमा नै सम्भावना पहिल्याउनेहरुका लागी जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी उद्यम विकास सहजकर्ता तयार गरि रोजगार तथा स्वरोजगार प्रदान गराउने उद्देश्यले जिल्लामा यस्तो कलेज स्थापना गरिएको कलेजका कार्यकरी निर्देशक राम बहादुर बिश्वकर्माले बताउनुभयो । यस्तो पढाई नेपालको गरीबी न्यूनीकरणका लागि प्रभावकारी भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमीले तयार पारेको उद्यम विकास सहजकर्ताको पाठ्यक्रम अनुसार रोजगारका आधारभूत सिद्धान्त, साामाजिक परिचालन, उद्यमशीलता विकास, उद्यम विकास तालीम, प्राविधिक सिप विकास तालीम, लघुवित्तमा पहुँच , उपयुक्त प्रविधिको छनोट, सन्चार ,व्यावसायिक योजना ,कम्प्युटर वस्तुको बजारीकरण लगायत विषयमा तालिम तथा प्रशिक्षण प्रदान गराइने कलेजका प्रिन्सिपल राममणी थापले बताउनुभयो । करिब २५ लाखको लगानीमा खोलीएको सो कलेजले विभिन्न जिल्लाका हरेक समुदायका बिपन्न एबम असाहाय अपाङ्ग जस्ता समुदायलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको अहिले यस कलेजमा प्युठान लगायत पाल्पा,गुल्मी ,रोल्पा, सुर्खेत ,दाङ बाट बिध्यार्थी को आगमन भएको बताइएको छ।