प्युठान फागुन ९
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवा तथा प्रस्थाबित नरेन्द्र गायत्रि आखा अस्पताल बिजुवारको सयुक्त आयोजनामा बिजुवारमा सुरु भएको २ दिने आँखा सिविर आज समपन्न भएको छ ।
डा.अमृत बास्तोलाको नेतृत्वमा आएको प्राविधिक टोलिले ४ सय ५४ जना बिरामीको चेककजाच गरेको छ जसमा ८५ जना मोतियाबिन्दु भएका बिरामिको आखाको अप्रेशन गरेको हो । हिजोदेखि सुरु भएको सिविरमा प्युठान नगरपालिकाले १६ जना,गौमुखि गाउपालिकाले २५ जना , साईन रेसुंगा बिकास बैंकले १८ जना र नौबहिनि गाउपालिकाले ७ जना आखाका बिरामिको निशुल्क शल्यक्रियाको ब्यवस्था गरेको थियो।
उक्त २ दिन सम्म् संचालन भएको शिविरमा बिरामिको खान तथा बस्नको ब्यस्था सोहि अस्पतालका जग्गादाता स्वर्गिय नरेन्द्रराज श्रेष्ठको धर्मपन्ति गायत्रिदेवि श्रेष्ठको परिवारबाट गरिएको थियो । शिविरमा बिरामिको रेखदेख तथा ब्यवस्थापन गर्ने कार्य बरिष्ठ समाजसेवि मेघ बहादुर अधिकारी ,जग्गादाताको छोरा हिमालय श्रेष्ठ तथा अस्पतालका कर्मचारीहरुबाट गरिएको थियो ।
साथैअस्पताले जिल्लाका अन्य बिभिन्न गाउंपालिका तथा नगरपालिकाहरुले पनि आगामि दिनहरुमा आँखा सिविर सम्पन्न गर्नको लागि सहयोग गर्न आग्रह समेत गरेको छ ।