प्यूठान फागुन १४
माण्डवी गाउँपालिका प्यूठानले आर्थिक वर्ष २०७५÷०७६ को दास्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गाउँपालिको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान समन्वयमा युथ मिडिया डेभलपमेण्ड सेन्टरको सहजिकरणमा सम्पन्न गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले प्रस्तुत गरेको प्रतिवेदनमा गाउँपालिकाले माघसम्म वित्तिय प्रगतितर्फ २० दशमलव ५८ प्रतिशत र भौतिक प्रगतितर्फ ८० प्रतिशत प्रगति गरेको जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा जनताको प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले गाउँपालिकाले नेपाल सरकारको नियम अनुसार लिएको र अति बिपन्न परिवारलाई एकिकृत सम्पती करमा शतपतिशत छुट दिएको बताए । साथै जनतालाई कर नथोपारेको पनि बताए । त्यस्तै गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासमा एकिकृत सम्पती करबाट भएको आम्दानी सबै ६५ लाख रुपैया शैक्षिक क्षेत्रको बिकासमा खर्च गरेको उनले जानकारी दिए । उक्त आम्दानी माण्ढवी गाउँपालिकाका सबै सरकारी बिद्यालयमा दिएको उनले बताए । गाउँपालिकाले कृषकहरुका लागी पनि १५ लाख रुपैया अनुदान दिने भएको छ । ब्यवसायिक पशुपालन तथा तरकारी खेती गर्ने किसानलाई प्रति किसान ५० हजारको दरले बितरण गर्ने अध्यक्ष रोकाले बताए । प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले उठेका जिज्ञासा माथि जवाफ दिनुभएको थियो ्र साथै आफूहरुबाट भए गरेका कमिकमजोरीहरु सच्याई आगामी दिनमा अझ जिम्मेवार भइ जनताको सेवामा लाग्ने सार्वजनिक प्रतिवद्धता समेत गर्नुभएको थियो ।
यसैबिच साबजनिक सुनुवाईमा बोल्दै संबिधान सभाका सदस्य नारायण प्रसाद अधिकारीले गाउँगाउँमा सिहंदरवार आएको र गाउँको सिहंदरवारले जनताको काममा ध्यान दिन आग्रह गरे । यस्तै कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरैले जनताकोे समस्या राख्ने प्रत्यक्ष थलो स्थानिय सरकार भएकाले जनताकाका बिभिन्न खाले समस्या पहिचान गरी स्थानियतहरुले जनतालाइ हासेर सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । साथै उहाले जिल्लाका स्थानियतहरुको काम र जनताको सेवालाई छिटा,े छरितो,गुणस्तर एवंम प्रभावकारी बनाउन जनप्रतिनिधिहरु तत्पर लागि पर्न आग्रह समेत गर्नु भएका छ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालको स्वागत मन्तब्यसंगै सरुभएको कार्यक्रको अध्यक्षता गाउँपालिका अध्यक्ष श्रीधर रोका,अतिथिहरु संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी,प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे,अनुसन्धान कार्यालय प्युठानका प्रमुख हेमन्त कार्कि लगायत रहनुभएको थियो भने कार्यक्रको संचालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सचिव बिजय भारतीले गर्नुभएको थियो।
माण्डवी गाउँपालिकाको दास्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न।
