मधुसुदन पोख्रेल
प्यूठान, चैत्र २
डिप्रोक्स दघुवित्त वित्तियसंस्था लिमिटेडले एक दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बचत कर्ताहरलाई कार्यक्रम मार्फत आफ्ना सेवा सुविधा र बचत गर्ने तरिकाको बारेमा सिकाएको हो ।
महिला सशक्तिकरण,गरिवि निवारणमा सहयोग,सदस्यको सानो बचत संकलन,आयमुलक कामका लागि ऋण लगानी र ग्रामिण महिलाहरुका लागि बचतको विकासमा टेवा पुर्याउने उदेश्यका साथ खोलिएको वित्तिय सस्थाले महिलाको मन जिद्दै आएको छ । २०७१ सालमा प्यूठानमा स्थापित सस्थाले हाल सम्म २ हजार ७१ महिला सदस्यहरुले बचत गर्ने गरेको सस्थाका प्यूठान शाखा प्रमुख दिनेश देवकोटाले बताए । नेपाल राष्ट्रवंैक बाट घ वर्गमा मान्यता प्राप्त वित्तिय सस्था देशभरका ७२ जिललामा काम गरिरहेको छ ।
देश भरका सस्थामा आवद्ध सदस्य संख्या १ लाख ८१ हजार भन्दा बढी रहेको सस्थाका केन्द्रीय कार्यलय चितवनका विभागिय प्रमुख बुद्धिराम घिमिरेले बताए । सदस्यहरुलाई प्रशिक्षण गर्न प्यूठान आएका घिमिरेले अहिलेको समयमा धेरै वित्तीय सस्था भए पनि डिप्रोक्स लघुवित्त सस्थाले अलि फरक सेवा दिने गरेको बताए । उनले भने “हामी सके सम्म ग्रामिण समुदायमा सदस्यहरुलाई ऋण लगानी गरि स्थर वृद्धि गर्न चाहान्छौ ” सस्थाले १८ प्रतिशतमा घड्दो व्याजदरमा विना धितो ५ लाख सम्म लगानि दिने गरेको उनले बताए । सस्थाले व्याक्तिगत बचत, समुह बचत,अवकाश बचत,मातृत्व बचत गर्दै आएको समेत उनले बताए । होटल आयूस्मा जुम्रीमा भएको कार्यक्रममा प्रशिक्षको रुपमा सस्थाका प्रदेश कार्यलय प्रमुख जमिरी राय यादवको उपस्थीतिम रहेको कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट प्रतिनिधित्व हुने गरि ५० जनाको सहभागि रहेको थियो ।