प्यूठान,चैत्र,१७
नेपाल बिद्यार्थी सघंका निवर्तमान अध्यक्ष नैनशिहं महरले बर्तमान सरकार शिक्षा क्षेत्र धरासाहि बनाउन लागी परेको आरोप लगाएका छन् । शिक्षा माफियाहरुसगं मिलि सरकारले शिक्षा धरासाहि बनाउन अग्रसर भएको उनले बताएका हुन । नेपाली काग्रेस प्यूठानको आयाजनामा आज नयाँ बजार जुर्मिमा भएको अगुवा कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै महरले देशको शिक्षा क्षेत्र बचाउने पाला अव बिद्यार्थी सगंठनका काधमा आएको बताएका छन् । बर्तमान सरकार र दुइ नम्वर प्रदेश सरकार अहिले शिक्षा क्षेत्रको अवस्था बिगार्न लागीपरेका छन् । महरले भने,‘एसइइ जस्तो परिक्षामा सुरक्षा दिन नसक्ने के को सरकार ।’ परिक्षामा लगातार प्रश्नपत्र बाहिरीनु र सरकार आफै यस विषयमा अनबिज्ञ हुनुले सरकार माथी प्रश्न उठेको सुनाए । निजि बोडिङ्ग र कलेजहरु खोल्न सरकार केहि ब्यक्तिको स्वार्थको पछि लागेको र शिक्षामा धरासाहि बनाउने काममा लागेको आरोप महरको छ ।
फरक प्रसगंमा निवर्तमान अध्यक्ष महरले काग्रेसमा एकता र सहयोगको भावना बढ्नुपर्ने बताएका हुन् । ‘काग्रेसमा गुट उपगुट बढ्दै गएको छ, यसलाइ रोक्नुपछ ।’उनले भने,‘काग्रेसमा अव यो हराएर आपसी समझदारी हुन आवश्यक छ ।’ बिद्यार्थी सगंठनमा पनि बिस्तारै बढ्दै गएको राजनीतिक हाविका कारण यसमा पनि गुटउपगुट मालाउदै गएको उनले जानकारि दिए । ‘निर्वाचनको प्रसगं जोड्दै उनले एक आपसमा मिल्न नसक्दा काग्रेसले हार बहोर्नु परेको बताए ।
‘अझैपनि पाठ सिक्न आवश्यक छ ।’उनले भने,‘सबै मिलेर अगाडी बढ्नुको बिकल्प छैन् ।’ बर्तमान सरकार काममा भन्दा गफमा mिप्त छ । कामगर्न छाडेर हावामा गफदिदै हिडेको उनले बताए । ‘रोजगारि दिने र स्वरोजगार दिने आस्वासन दिदै आएको सरकार बिदेशमा युवालाई पठाउन थप सम्झौता गर्दै हिडिरहेको छ ।’ उनले भने,‘गाउमै रोजगारि दिनुपर्छ ।’ बेरोजगार युवाहरु उत्पादन गर्ने शिक्षा क्षेत्रको सुधारमा नलागी युवालाइ बिदेश पठाएर रेमिट्यान्स भित्राउन सरकार आतुर रहेको उनको तर्क छ । नेपाली काग्रेस प्यूठानका पार्टी उपसभापती बद्रि लम्सालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पार्टी पुर्व सभापती सालिकराम पण्डित रहनु भएको थियो भने बिशेष अतिथिमा नेविसघंका निवर्तमान अध्यक्ष नैनशिहं महर रहनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव देवेन्द्र वर्माले गर्नुभएको थियो ।
शिक्षामा सरकार असफल भएको महरको आरोप ।।
