बुद्धि पुन,सल्यान ३,बैशाख,
सल्यानको छत्रेश्वरी गाउपालिका ५ लेखपोखरामा रहेको महेन्द्र माद्यामिक बिद्यालयमा सोमबार बिहान ११ बजे कपिलराज केसी कक्षा १० मा भर्नाहुन जानुभयो । उहाँलाई बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष लिलाधर घर्ती, शिक्षकअभिभावक संघका अध्यक्ष निर्मला केसी, प्रधानाध्यापक रोमहर्ष केसीले अबिरसहित फूलमाला लगाएर बिद्यालयमा स्वागत गर्दै कक्षा १० भर्ना गरिदिनुभयो । उहाँलाई भर्ना लगत्तै नयाँ पाठ्यपुस्तकहरु पनि प्रदान गरियो ।बिगतका बर्षहरुमा बिद्यालयमा भर्नाहुदाँ अबिर, फूलमालाले स्वागत गरेको बारेमा जानकारी नपाएका उहाँलाई बिद्यालयमा भर्नाहुदा गरिएको स्वागतले खुसी र अच्चमित बनायो । ‘बिद्यालयमा पहिलो बिद्यार्थीको रुपमा भर्नाहुदाँ बिद्यालयले स्वागत गरेको रहिछ’—उहाँले भन्नुभयो । बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालयमा भर्नाहुन आउने बिद्यार्थीलाई अबिर, फूलमाला लगाएर स्वागतगर्दै भर्ना गरेर नयाँ पाठ्यपुस्तक बितरण गर्ने गरेको बताउनभयो ।
गतबर्ष ३४७ जना बिद्यार्थी भएको यस बिद्यालयमा यसबर्ष बिद्यार्थीको संख्या केही बढ्ने उहाँले बताउनुभयो । उहाँले बिद्यालयब्यबस्थापन समिती, शिक्षकअभिभावक संघ, अभिभावक र शिक्षकहरुले संयुक्तरुपमा बिद्यार्थी भर्नाको लागी घरदैलो अभियान सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।शारदानगरपालिका १३ लेकटाकुरामा रहेको सिर्जनशिल प्राथामिक बिद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद वलीले बिद्यार्थीभर्ना अभियानलाई ब्यापक रुपमा सञ्चालन गरेको बताउनुभयो । उहाँले भर्ना हुनआउने बिद्यार्थीलाई अबिर आबरण सहित पुस्तकहरु पनि बितरण गर्ने गरेको बताउनुभयो । साथै बिद्यार्थीभर्नाको लागी घरदैलो अभियानको तयारी गरिएको उहाँलेबताउनुभयो ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ सोमबार देखी सल्यानमा पनि बिद्यार्थीभर्ना अभियान शुरु भएकोछ । जिल्लाकासबै बिद्यालयहरुमा बिद्यार्थी अभियान शुरु भएकोहो । बागचौरनगरपालिका अन्र्तगत शिक्षा शाखा प्रमुख टेक बहादुर डिसीले बिद्यार्थीभर्ना अभियानलाई नगरले पनि अभियान कै रुपमा सञ्चालन गरेको बताउनुभयो ।उहाँले बिद्यालय उमेरका सबै बालबालिकालाई बिद्यालय भर्ना अभियान मार्फत बिद्यालयमा भर्नागराउने बताउनुभयो । नगरका सबैवडा तथा टोलहरुमा जनप्रतिनिधि, अभिभावक, शिक्षकहरुको सहभागितामा घरदैलो अभियान सञ्चालन गर्ने बताउनुभयो ।
गतबर्ष जस्तै यसबर्षपनि जिल्लामा बिद्यार्थी अभियान ब्यापक रुपमा सञ्चालन गरिएकोे शिक्षाबिकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लिलाधर बबालले बताउनुभयो । गतबर्ष जिल्लाका सतप्रतिशत बिद्यालय उमेरका बालबालिकाहरु बिद्यालयमा भर्ना गराउन सफल भएको बताउदैँ उहाँले यसबर्ष पनि स्थानिय तहहरुले बिद्यार्थी भर्ना अभियानलाई ब्यापक रुपमा सञ्चालन गरेको बताउनुभयो ।