सुर्य बहादुर थापा,प्यूठान जेठ २१
प्यूठान नगरपालिका वडा नं. १० पातिहाल्नामा खानेपानीको परिक्षण गरिएको छ । लुक्का खानेपानी तथा सरसफाई सस्थाको पानी सरसफाई अन्र्तगत मंगलवार खानेपानीको मुहानदेखि ट्याङ्की र ट्याङ्कीदेखि धारासम्म पानीको परिक्षण गरिएको हो । लुक्का खानेपानी समितीले वडा नं. १० र मल्लरानी गाउँपालिका ४ उपल्लो लाम्बेला,पिपलनेटा गरी गाउँमा सञ्चालन भएका १९ वटा धाराको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही स्थानीय उपभोक्ताले धारावाट नभई खुल्ला पाइपबाट पानी भर्ने गरेको पाइएको सस्थाका उपाध्यक्ष सुर्य बहादुर थापाले बताउनु भएको छ ।
पातिहाल्नामा खानेपानीको परिक्षण
