सागर रिजाल प्युठान,२३ जेठ ।
जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई प्रहरीले विहिवार पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बुधवार साँझ स्वर्गद्धारी नगरपालिका २ खाल गाउँबाट लघुवित्त समुहको बचत रकमे लिएर भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसी लाई लुटेका थिए । ३ जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर केसीबाट ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेको प्रमुख प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए । केसीबाट रकम लुटेर भाग्न सफल भएका लुटेराहरुलाई विहिबार दिउसो प्रहरी प्रमुख बुढाथोकीको नेतृत्वमा गएको प्रहरी समुहले समातेको छ । लुटेराबाट लुटेको रकम समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने र कानुनी प्रक्रिया अगाडी वढाउने प्रहरी प्रमुख वुढाथोकीले बताए ।