प्यूठान असार १०
प्यूठानका सबै स्थानीय तहले एकै पटक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । प्यूठानका नौ वटै स्थानीय तहले मंगलबार एकै साथ आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी नीति, कार्यक्रम र बजेट ल्याएका हुन् । अन्तर सरकारी बित्त बयवस्थापन स्थानीय तहले असार १० गतेभित्र अनिवार्य बजेट ल्याउनुपर्ने प्रावधान अनुसार स्थानीय तहद्धारा आ– आफ्ना सभाबाट नीति, कार्यक्रम र बजेट ल्याएका हुन् ।
प्यूठानको ऐरावती गाउँपालिकाले छैठौ गाउँ सभाबाट आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले गत आर्थिक बर्ष तथा हालसम्म समपन्न गरेका गतिबीधीहरुको अनुभब तथा सिकाईलाई आत्मसाथ गर्दै आर्थिक सामाजिक बिकास कार्यान्वय सेवा प्रवाह, पूर्वाधार बिकास, बातावरण संरक्षण आर्थिक अनुशासन तथा सुशासन प्रवर्दनका कार्यक्रमहरु उच्च प्राथमिकतामा राख्ै सुनदर, शान्त समुन्त ऐरावती बनाउन तत्पर लागी परिरहेको शाहले बताए ।
जस अनुसार कृषि क्षेत्रलाई आधुनिकिरण,व्यवसायीकरण गरी रोजगारी र आय वृद्धि गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने,गाउंपालिका भित्रका पर्यटकिय स्थलहरुको पहिचान गरी संरक्षण एवंम बिकासका गर्ने,विद्यालय शिक्षामा पहुँचतथा गुणस्तर अभिवृद्धि गर्ने,प्राथामिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, शुद्ध खानेपानीमा जोड दिने र गाउँपालिकाभित्र सडकहरुको विकासलाई व्यवस्थितगर्न सडक गुरुयोजनामाभएको मापदण्ड पुर्णरुपले लागु गर्ने लगायतथुप्रै कार्यक्रमहरु अगाडी सारेको गाउँपालिकाकाअध्यक्षशाहले जानकारी दिनुभयो ।
गाउँसभामा पेश गरेको गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७को निति तथा कार्यक्रम सभाले सर्बसम्मत रुपमा पास गरेका गाउँपालिकाले जनाएको छ । त्यस्तै प्यूठान नगरपालिकाले पनि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पर्यटक, शक्षा, स्वास्थय, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै स्वर्गद्वारी नगरपालिका, गौमुखी नौबहिनी गाउँपालिका,माण्डवी गाउँपालिका लगायतका सबै स्थानीय तहले बजेट नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका सबै स्थानीय तहले खानेपानी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।