जोगिन्द्र मल्ल,प्यूठान साउन १६
गौमुखी गाउँपालिका प्युठानको आ ब २०७५÷०७६ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको आयोजना ,नेपाल पत्रकार महासंघ प्युठानको समन्वय र युथ मिडिया डेभलपमेन्ट सेन्टरको सहगिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिले गर्नु भएको थियोे ।भने सो सार्बजनिक कार्यक्रममा जिज्ञासा राख्ने सेबाग्राहीले सूचनाको हक ,जस्तापाता खरिद प्रक्रिया ,न्यायिक कानुन परामर्श ,नागरिक बडापत्र ,उपभोक्ता समितिलाई जानकारी हुनु पर्ने विषयमासहभागीले जिज्ञासा राखेका थिए ।
भने सेवा प्रदायकको तर्फबाट जिज्ञासाको जबाफ दिदै गाउँपा र प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले आ ब ०७५÷०७६ को तेस्रो चौमासिक सार्वजनिक सुनाइको प्रतिबेदन पेश गर्दै उठेका विषय बस्तुको जबाफ दिनु भएको छ । भने उपभोक्ता समितिले संचालन गर्ने योजनाको बारेमा समितीलाई अभिमुखिकरण तथा आबश्यक कागजात पेश गर्दा थप जानकारी दिने ,गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधा तथा कार्यक्रमको बारेमा सेबाग्राहीलाई सूचना दिने र प्रत्येक ३÷३महिनामा सूचना सार्वजनिक प्रबाह गर्ने प्रतिबद्धता गरिएको छ।
सार्वजनिक सुनाइको कार्यक्रम समापन गर्दै अध्यक्ष गिरिले जहाँ समस्या आउछ त्यहि समाधान गर्नु पर्ने ,दुर्गम ठाउ भएकोले केहि अप्ठ्यारो परेकोको बताउनु भयो। सार्वजनिक सुनाइ कार्यक्रमसङ्गै एक कार्यक्रमबीच प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याल ,पशु शाखा प्रमुख अशोक कुमार केशरी र कृषि शाखा प्रमुख मनोज मन्डललाई बिदाई गरिएको छ।