गयरातीको अविरल बर्षातका कारण बागलुङको तमानखोला गाउँपालिका ४ मा पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका हुन् ।
आइतबार साँझदेखि परेको अविरल बर्षातका कारण रातको करिब १ बजेको समयमा घरमाथिदेखि आएको पहिरोले पुरिँदा तमानखोला गाउँपालिका वडा नं।४ का बर्ष ४५ कि पञ्चमा सिर्पाली, ७० बर्षिय असारी सिर्पाली र १२ बर्षिय प्रविण सिर्पालीको ज्यान गएको तमानखोला ४ का वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले बताए ।