प्यूठान साउन २१
प्यूठानको सदरमुकाम खलंगासहित स्वर्गद्वारी नगरपालिकाको भिंग्रीमा सिसि क्यामेरा जडान गरिएको छ । नेपाल प्रहरी प्रदेश नम्बर ५ को कार्यक्रम अन्तर्गत सदरमुकाम खलंगा र भिंग्री बजारमा सिसि क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रमा हुने दैनिक गतिबीधि तथा चाडपर्वमा बेला बजारमा मानिसको भीडभाड र चोरीका घटना हुने भएकाले त्यसलाइ निगरानी गर्नका लागी सिसि क्यामेरा जडान गरेको प्यूठानका प्रहरी प्रमुख प्रहरी डिएसपी निर्मल बुढाथोकीले बताए । यसको मनिटर जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय प्रहरी चौकी भिंग्रीमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
सिसि क्यामेरा जडानबाट बजार क्षेत्रमा हुने अपराधिक कामहरू नियन्त्रणमा आउने र यी बजारहरू सुरक्षीत हुने प्यूठानका प्रहरी प्रमुख प्रहरी डिएसपी निर्मल बुढाथोकीले बताए । नेपालीहरुको चाडपर्व सुरु भएकाले बजार क्षेत्रमा अत्याधिक भिड हुने हुदा त्यसको रोकथामको लागी क्यामेरा जडान गरेको उनले बताए । ‘हामीले सुरक्षाको हिसाबले अतिसंवेदनसिल रहेका क्षेत्रहरूमा सिसि क्यामेरा जडान गरेका छौँ’ उनले भने,‘ यसले समाजमा अपराधीक क्रियाकलापमा कमी आउने र यदि आएका तत्काल अपराधी नियन्त्रण गर्न सकिन्छ ।’
जुनसुकै ठाउँ, कार्यालय तथा व्यस्त सडक र बजारहरु व्यवस्थित र सुरक्षीत बनाउनको लागि सिसि टिभीले ठूलो टेवा पुर्याउने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरिक्षक (डिएसपि) नर्मलप्रसाद बुढाथोकीले बताए । हामीले १२ लाखको लागतमा खलंगा र भिंग्रीमा ९ वटा सिसि क्यामेरा जडान गरेका छौ’ उनले भने,‘क्यामेरा ३६० डिग्रीको कोणमा घुम्छ ।’ गृह मन्त्रालयको आर्थिक सहयोेगमा उक्त कार्यक्रम प्यूठान जिल्लामा १५ लाखको बजेट परेको थियो । यसको टेन्डर अनुसार करिब १२ लाखको लागतमा काम सम्पन्न भएको डिएसपी निर्मल बुढाथोकीले बताए । खलंगामा ६ वटा र भिंग्री बजारमा ३ वटा गरी ९ वटा क्यामेरा जडान गरिएको छ ।
१२ लाखको लागतमा खलंगा र भिंग्रीमा सिसि क्यामेरा जडान
