गौमुखि गाउपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले श्रीमतिले मुद्दा दर्ता गराएकै भरमा बहुबिवाह गरेको भन्दै केही संचार माध्यम र समाजिक संजालमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आज(शनिवार) एक प्रेस बिज्ञप्ति जारी गर्दै अध्यक्ष गिरीले आफुले दोस्रो बिबाह नगरेको तर सामाजिक संजालमा गरेको भन्दै तहल्का मञ्चाउनेहरुलाई कारबाहिको माग गर्नुभएको छ ।
ब्यक्तिगत काम र गाउँपालिकाको अफिसियल कामले आफु जिल्ला बाहिर भएको उहाँले उल्लेख गर्नुभएको छ । बिज्ञप्तिमा भाद्र १० गते श्रीमतिले दोस्रो बिबाह गरेको भन्दै हुलाक मार्फत जिल्ला प्रहरी कार्लय प्युठानमा मुद्दा दायर गरेको भन्ने समचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञाप्तिमार्फत गलत समचारको छानबिन गरि सत्यतालाई आधार मानेर अनुसन्धान गर्न अध्यक्ष गिरीले आग्रह पनि गर्नुभएको छ । कापोल्कल्पित समाचार बनाई आफुमाथि सामाजिक संजालमा चरित्रहत्या गर्न खोजिएको उहाँको आरोप छ ।