प्यूठान,भाद्र १७ ।
हिन्दु महिलाको महान् पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वको पर्व भए पनि आधुनिकताका नाममा दिनप्रतिदिन यसको धार्मिक सांस्कृतिक महत्व घटन थालेको छ ।
अहिले आधुनिकताका नाममा नचाहिँदो तडकभडकले गर्दा यसको वास्तविक मौलिकता हराउने खतरा बढिरहेको हो ।
तीजको अघिल्लो दिन दर खाने परम्परा भए पनि एक महिना अघिदेखि नै दर खाने कार्यक्रमहरु विभिन्न संघसंस्था, कार्यालय देखि समूहहरुले समेत आयोजना गरे । एक संस्था तथा कार्यालयले आयोजना गरेपछि अर्कोले पनि आयोजना गर्नुपर्ने होडवालीले तीज पर्वको वास्तविक मौलिकता हराउन थालेको हो ।
सञ्चारमा भएको तिव्र विकासले परम्परागत गीत लोप हुँदैछन् भने आधुनिक तीज गितहरु सञ्चार माध्यमिमा प्रशारित भइरहेको पाइन्छ । महिलाको पर्व भनिए पनि अहिले तीज गीत पुरुषले समेत गाउने प्रचलन बढ्न थालेको छ । यस्तो प्रचलनले तीज गितको वास्तविक सांस्कृतिक पहिचान गुमाउँदै जान थालेको पूरा बढापाकाहरु बताउँछन् ।
धार्मिक मान्यता अनुसार असल पती पाउन महादेवको उपासना गर्ने प्रचलन रहेको पाइन्छ । यो सँगै समाजमा दविएका महिलाहरु स्वतन्त्रतापूर्वक मनोरञ्जन गर्न तथा मनका पीडा गीतका माध्यमबाट व्यक्त गर्ने प्रचलन रही आएको पाइन्छ ।
तीज पर्वका अवसरमा सोमवार जिल्लाका विभिन्न स्थानमा तिज मेलाहरु सम्पन्न भएका छन् । दिउसो मात्र होइन साझ पनि तिज गीतहरु बस्ती बस्तीमा गुञ्जिए । यो क्रम पञ्चमी सम्म रहने गर्दछ ।
तीज पर्वका अवसरमा देखिने परम्परागत गीतहरु करिव करिव गाइन छाडेका छन् । यो वर्ष टेलिभिजन तथा यु टुवबाट प्रशारित भएका तीज गीतहरु अधिकांश ठाउँमा गाइएको पाइयो ।
पाका महिलाहरुले कुनै कुनै ठाउँमा परम्परागत गीत गाए पनि अधिकांश महिलाहरु बजारमा चलेका तिज गीतमै नाचेको देखिन्थ्यो ।
तीज गित गाइने तथा नाच्ने ठाउँमा मनोरञ्जनका लागि हालिने लठरे तथा चर्खे पिङ पनि प्रायः ठाउँमा हाल्न छाडिएको छ । अझ कतिपय ठाउँमा त गित गाउन छाडेर बाजरमा चलेका तिज गितको डेग लगाएर नाच्ने समेत गरिन्छ ।
आधुनिक सञ्चार प्रविधिले ओझेलमा पार्दै परम्परागत तीज
