प्यूठान असोज २६
प्यूठानको ऐरावती गाउँपालिका ६ बिजुलीमा बृहत लिफ्ट खानेपानी आयोजना निर्माण हुने भएको छ । ऐरावती गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ सम्म निर्माण सक्ने गरी आयोजना निर्माणको काम अगाडी बढाएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले जानकारी दिए । बिजुलीमा रहेको खानेपानीको हाहाकार हटाउनका लागी गाउँपालिकाले चालु आबमा दुई करोड ५७ लाख ५३ हजार तीन सय ३६ रुपैया बजेट विनियोजन गरी काम थालनी गरेको छ । पालिकाले झिमरुक खोलाको पानीलाई लिफ्ट मार्फट सात सय ८० मिटर उचाईमा तानी खानेपानी गाउँमा पु¥याउने योजना रहेको उनले बताए । ०७७ असार १५ सम्म योजना सकाउने गरि जेशी÷आँसु÷ईशान जे.भी. काठमाण्डौले ठेक्का समेत पाएको अध्यक्ष शाहले जानकारी दिए ।
‘बिजुलीमा खानेपानीको बाह्रै महिना समस्या छ’ उनले भने,‘वडा नं. ६ मा जनतालाई पानीको पहुचमा पु¥याउनका लागी बजेट विनियोजन गरी काम सुरु गरेका छौँ ।’ गाउँपालिकामा खानेपानीको ठुलो समस्या भएकाले चालु आबमा खानेपानीलाई प्राथमिकतामा राखेको अध्यक्ष शाहले जानकारी दिए । ‘चालु आबमा पालिकाले ५ करोड रुपैया विनियोजन गरेको छ’ उनले भने,‘पालिकाका ५० प्रतिशत जनता पानीको पहुचभन्दा बाहिर छन ।’ झिमरुक खोलाबाट पानी तान्नका लागी सात वटा ट्याङ्की निर्माण गर्ने पालिकाले जनाएको छ ।
त्यस्तै ऐरावतीले वडा नं. १ दाङवाङमा पनि खानेपानी आयोजना निर्माण सुरु गरेको छ । ७१ लाख १८ हजार १५८ रुपैया लागतमा आयोजनाको निर्माण सुरु गरेको ऐरावती गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । पालिकाको एक घर एक धारा अभियान अन्र्तगत वडा नं. १ मा एक सय धारा निर्माण गरिने उनले जानकारी दिए । यो आयोजनाबाट वडा नं. १ बाट र ६ बाट ३५८ घरधुरीमा खानेपानीको सहज पहुँच पुग्ने उनले बताए । ‘यी योजनामा असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छांै’ उनले भने ।
ऐरावतीमा खानेपानी पहिलो प्राथमिकता
ऐरावती गाउँपालिकाले यस बर्ष खानेपानीलाई प्राथमिकता दिएको छ । पालिकाका जनतालाइ खानोनीको पहुँचमा पु¥याउनका लागी चालु आबमा चार वटा लिफ्ट खानेपानी आयोजना निर्माण गरिने ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले बताए । खानेपानीका लागी ५ करोड भन्दा बढि बजेट विनियोजन भएको छ । यस क्षेत्रका बिजुली, दाङवाङ, तिल्केनी लगाएतका स्थानमा रहेको खानेपानीको समस्या समाधान गर्नेतर्फ आफुहरु लागि परेको अध्यक्ष शाहले बताए ।
ऐरावतीद्धारा खानेपानीका लागी ५ करोड बजेट बिनियोजन
