प्यूठान मंसिर ०७
प्यूठानी जनताले ब्यहोर्दै बिद्युत अनियमितता कम गर्नका प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण थालिएको बिद्युत सब स्टेशन निर्माण गरियो । निर्माणको काम सकिएको लामो समय हुदाँ सब स्टेशन सञ्चालनमा आउन सकेको छैन् । स्टेशनसम्म पुग्ने लाइन बिस्तार नहुदाँ सब स्टेशन सञ्चालन हुन नसकेको नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रले जानकारी दिएको छ । सब स्टेशनसम्म ३३ केभि प्रशारण लाइन नपुगेका कारण यो सञ्चालनमा ल्याउन नसकिएको नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका इलेक्टिकल इन्जिनीयर ज्ञान बहादुर फर्सालले जानकारी दिए ।
‘सब स्टेशन निर्माणको काम सकिएको छ’ उनले भने,‘स्टेशनसम्म पुग्ने लाइन बिस्तारमा ढिलो भएको छ ।’ झिमरुक नदि किनारामा बिस्तार गरीएको प्रशारण लाइनमा पोल गाड्ने काम पुरा भएको र तार टाग्न काम बाकी रहेको उनले जानकारी दिए । अबको २–३ महिनाभित्र काम सम्पन्न गरी सब स्टेशन सञ्चालनमा ल्याउने फर्सालले बताए । ‘सब स्टेशन अब केहि महिनाभित्र सञ्चालन हुन्छ’ उनले भने,‘एन्सुलेटर गर्न ढिलो भएको हो ।’दम्तीमा निर्माण गरिएको सब स्टेशन सञ्चालनमा आए बिजुली आउने जाने समस्या हल हुने बिद्युत प्राधिकरण जुम्री बितरण केन्द्रका प्रमुख जयानन्द बोगटीले बताए । ‘यो सञ्चालन हुदा प्यूठानी जनताले भोग्नु परेको बिजुली आउने जाने समस्या पूर्ण रुपमा समाधान हुन्छ’ उनले भने । सब स्टेशन निर्माणको काम आरके इन्टरनेशनले ७ करोड ५० लाख र लाइन बिस्तारको ठेक्का त्रिपुरेशवर जयदुर्गा जेभीले ५ करोड ३३ लाखमा जिम्मा लिएको थियो ।
प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण भएको सबस्टेशन सञ्चालनमा नआउदाँ उद्योग ब्यवसाय सञ्चालन गर्न समस्या भएको उद्योगी ब्यवसायीहरुले गुनासो गरेको छन् ।
कहिले सञ्चालनमा आउला बिद्युत सबस्टेशन

प्यूठान नगरपालिका ८ मा निर्माण गरिएको बिद्युत सबस्टेशन