जोगिन्द्र मल्ल माघ ८
गत साउन ७ गते सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक र ४ लिम्घा गुल्मीमा भीषण पहिरोमा परि ज्यान गुमाएका बिस्थापित पीडित घरपरिबारको पुनरस्थापनाको लागी राहत लिएर गौमुखी गाउँपालिकाको टिम गुल्मी पुगेको हो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरि ,उपाध्यक्ष तुलसी सुनार र प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी सहितको टिमले रु ७५०००।(को चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण गर्दै अध्यक्ष गिरिले यस्तो बिपत्ती जो सुकैलाई जुन समयमा पनि आउन सक्ने भएकोले मानवीय सहयोग गर्नु पर्ने र एक आपसमा परिपुरक सम्बन्ध हुनु पर्ने बताउनु भयो।भने मृतक प्रती हार्दिक समबेदना प्रकत गर्नु भयो।
चेक बुझ्दै सत्यबती गाउँपालिका अध्यक्ष पारिस्वर ढकालले सत्यबती गाउँपालिकालाई ठुलो बिपत्ती आइ परेको र अहिले सम्म विभिन्न संघ संस्था ,नेपाल सरकार ,स्थानीय तह देश बिदेश बाट २ करोड बराबरको सहयोग जम्मा भएको र मृतकका परिवारलाई जनही ५ र५ लाख सहयोग गरेको २४ घर परिबार पुर्ण रुपमा बिस्थापित तथा सयौं घर क्षति भएकोले अहिले पुनर्स्थापनामा लागेको बताउनु भयो।
स्मरण होस सो पहिरोमा परि १३ जनाले ज्यान गुमाएका थिए ।
गुल्मीका पहिरो पिडितलाइ गौमुखीको राहत
