माण्डवी समाचार, प्यूठान
स्वर्गद्धारी प्यूठान चौथो महोत्सवको उद्घाटनका क्रममा बिद्यालय बन्द गरेर बिद्यार्थी उपस्थित गराउने निर्णय बिरुद्ध नेपाल बिद्यार्थी सघं प्यूठानले आपत्ती जनाएको छ । बुधवार एक बिज्ञप्ती जारीगर्दै नेबिसघं प्यूठानले प्यूठान नगरपालीकाको कार्यपालीकाको बैठकको हवला दिदै पठनपाठन गर्ने बिद्यार्थीहरुलाइ बिद्यालय बन्द गराएर महोत्सव उद्घाटनका लागी आउने छोटे राजाहरुको सम्मानमा उतार्नु गलत भएको बताएको छ । नेबिसघं प्यूठानका अध्यक्ष एन पि मगरद्धारा जारी बिज्ञप्तीमा परिक्षा नजिकिएको समयमा बिद्यालय बन्द गराएर मेला महोत्सव जस्ता स्थानमा कसैको स्वागतलका लागी बिद्यार्थी उतार्न निर्देशनात्मक पत्राचार गर्नु गलत भएको भन्दै बिद्यार्थी सघंको ध्यानकर्षण भएको जनाएको छ । पञ्चायती शैलीमा कसैको स्वागत र सम्मानमा बिद्यालय बन्द नगराउन आग्रह गरेको छ ।
बिद्यालय बन्द गरेर महोत्सव चलाउनु गलत होःनेबिसघं
