प्यूठान असार १३
प्यूठानमा शनिबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरीएको परिक्षणमा प्यूठानका ४७ जनामा कोरोना संक्रमण पुटी भएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ । स्वास्थय कार्यालय प्यूठानका अनुसार माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक ७ जना र नौबहिनी गाउँपालिकाका ३ जना रहेका छन् । आज भेटिएकामध्ये ४४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुको उमेर १८ देखि ६० बर्षसम्मका रहेका छन् । योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । भने २ जना निको भएर घर फर्किएका छन् ।
प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी
