प्यूठानमा कोरोनालाई जितेर घर जानेको संख्या बढ्दै जान थालेको छ । पछिल्लो पटक प्यूठानको ऐरावती गाउँपालिका र प्यूठान नगरपालिकाका बिभिन्न आइसोलेसनमा रहेका ३१ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय प्यूठान अनुसार शुक्रबार र शनिवारमात्रै प्यूठान नगरपालिकाका १८ जना र ऐरावती गाउँपालिकाका १३ जना गरी कुल ३१ जना निको भएर घर फर्किएका छन् ।
उनीहरु भारतका बिभिन्न स्थानबाट आएका थिए । पहिलो पटक पिसिआर गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । योसगैँ प्यूठानमा ६६ जनाले कोरोना संक्रमण जितेका छन् ।
प्यूठानमा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परिक्षणमा झिमरुक गाउँपालिका र ऐराबती गाउँपालिकामा १÷१ जना, स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकामा २÷२ जनामा कोरोना पुष्टी भएको हो । आज संक्रमण पुष्टी हुनेमा ५ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरुको उमेर २ बर्षदेखि ४७ बर्षसम्म रहेको छ । जिल्लामा हालसम्म ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
प्यूठानमा ६६ जनाले जिते कोरोना
