प्यूठान,१८ भदौ।
अनेरास्ववियुका केन्द्रीय सदस्य तथा युवा नेता सुमनराज श्रेष्ठले विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ।माण्डवि गाउँपालीका वडा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीका ३ सन्तानका लागि उहाँले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो। माण्डवी माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थी आकाश अधिकारी, कक्षा ६ अध्ययनरत बिकास अधिकारी र कक्षा २ अध्ययनरत करिश्मा अधिकारीको लागि पांच हजार बराबरको आवश्यक स्कुल झोला, कापि, कलम र पेन्सिल सहयोग गर्नुभएको छ।
आर्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विध्यार्थिहरुलाई आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले आफुले सहयोग गरेको नेता श्रेष्ठले वताउनु भयो। साथै उहाले आगामि दिनमा अध्ययनका लागि सहयोग गर्ने प्रतिवद्घता समेत जनाउनु भएको छ।
एकराज अधिकारी र उहांको श्रीमती रेश्मा अधिकारी दुबै अपाङग हुनुहुन्छ।दुबै जना बोल्न नसक्ने हुनुहुन्छ भने एकराज शारिरीक रुपमा पनि कमजोर हुनुहुन्छ। आर्थिक आयआर्जन कुनै स्रोत नहुदा र अभिभावक अपाङग हुदां उनीहरुलाई नियमित बिद्यालय जानको लागि आवश्यक स्टेशनरी,झोला तथा पोषाक किन्न समेत समस्या हुने गरेको छ। युवा नेता श्रेष्ठले शैक्षिक सामाग्री सहयोग गरेपछि उनीहरुलाई राहत मिलेको छ।
श्रेष्ठले नेकपा माण्डवि गाउँ कमिटी अध्यक्ष नवराज अधिकारी, युवा संघ नेपाल प्यूठानका संयोजक सुरज रोका, अनेरास्ववियु प्यूठानका संयोजक जाल व केसी, पत्रकार लगायतको उपस्थितीमा सामाग्री हस्तान्तरण गर्नुभएको हो।
युवा नेता श्रेष्ठले गरे विपन्न परिवारका विध्यार्थीको लागि शैक्षिक सामाग्री सहयोग
