टु आर क्षेत्री
प्यूठान, कार्तिक १ ।
प्यूठानमा ढुङ्गाले हानेर घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका ३५ वर्षिय बिरबहादुर परियारलाई सोही ठाउँका ६० वर्षिय चोचे कामीले शुक्रवार साँझ ५ बजे बाटोमा हिड्ने क्रममा चोचेले परियारलाई ढुङ्गाले हानेर घाईते बताएका थिए ।
घाईते भएका परियारलाई प्राथमिक उपचार केन्द्र भिग्रीमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा रिफर गरिएको थियो । परिवारको उपचारको क्रममा आज बिहान ४ ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए। ढुङ्गाले हान्ने कामीलाई ईलाका प्रहरी कार्यालय भिग्रीको नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।