अन्जना गौतम
प्यूठान कार्तिक २०
प्यूठानमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा माण्डवी गाउँपालिका, गौमुखी गाउँपालिका र प्यूठान नगरपालिकाका १÷१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा ७८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
प्यूठानमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी
