मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि देशमा बलात्कारका घटना बढेको बताउनुभएको छ । सरकारविरोधी प्रदर्शनका क्रममा आज हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सरकारले बलात्कारी समाउनै नचाहेको आरोप लगाउनुभएको हो ।‘कम्युनिस्ट सरकार भएपछि बलात्कारका घटना बढेका छन् । सरकार बलात्कारी र हत्या फक्रनै चाहँदैन । त्यही भएर बढेका हुन्’, उहाँले भन्नुभयो ।
नेता देउवाले सरकारकै लापरवाहीका कारण निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको बताउनुभयो ।