जोगिन्द्र मल्ल प्युठान फागुन ७ गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा जिल्ला अस्पताल प्युठान ,पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान र आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठान )को प्राविधिक सहयोगमा वडा स्तरीय विशेषज्ञ स्वास्थ्य शिविर तथा आँखा उपचार तथा स्क्रिनिङ शिविर आज वडा न ३ रजवारामा सम्पन्न भएको छ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले स्वास्थ्य शिविर उद्वघाटन गर्दै गौमुखी गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेका मानिसहरुको जीवन संङ्ग जोडिएको हुँदा स्वास्थ्य लाई लक्षित गरि शिविरको आयोजना गरिएको तथा गौमुखी गाउँपालिकाका दुर्गम बस्तीका बिरामीले सेवा पाउन भन्ने उदेश्यले असार महिना देखि एम बि बि एस सहितको सेवा गाउँपालिका स्तर बाट संचालन भइ रहेको बताउनु भयो ।
सो शिविरमा जिल्ला अस्पताल प्युठानका विशेषज्ञ डा.सबु काफ्ले,डा.सरोज चापागाईं ,डा.प्रशान्त शाह,डा.अनुशा मानन्धर डा.क्षितिज नेपाली ,गौमुखी गाउँपालिकाका डा .सुवाश जि सि नरेन्द्र गायत्री आँखा अस्पतालका सुजता भण्डारी लगायतका विशेषज्ञ टोलिले बिरामीको उपचार ,चेकजाँच निशुल्क औसधि वितरण र परामर्श ,सेवा दिएका थिए ।
बिरामी चेकजाँच गर्दा सबै भन्दा बढी आँखाका बिरामी ,महिलाको तल्लो पेट दुख्ने समस्या ,हाडजोर्नी ,कान नाक ,घाटि,मनोरोग लगायतका समस्या देखिएको छ।भने १४५ जना जनरल र १२५ जना आँखाका रोगिले सेवा लिएका छन।चिकित्सक सहितको परिक्षण आज रजवारामा सम्पन्न भयो भने भोलि अर्खा १ र अर्खा २ को अर्खा स्वास्थ्य चौकीमा शिविर हुने स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी गराउनु भयो।
रजवारामा आँखा शिबिर सम्पन्न
