हाम्रो बारेमा

पृष्ठभूमि:
वर्तमान युगमा विकासका लागि सञ्चार भन्ने अवधारणा महत्वपूर्ण विषयका रुपमा स्थापित भएको छ । आधुनिक समाजमा जीवन यापनलाई सहज र सरल बनाउने चेतनासंगै जीवनस्तर उठाउन र आय आर्जन बढाई विकास गर्नका लागि आम सञ्चारको सहयोग अपरिहार्य भएको छ । शहरदेखि गाउ“सम्म वसोवास गर्नेले सञ्चारकै माध्यमबाट महत्वपूर्ण सूचना पाउ“छन्, जसबाट सकारात्मक परिवर्तन र प्रगतिका लागि प्रेरणा र शिक्षा उपलब्ध हुनसक्छ ।

हाम्रो देशको राजनीतिमा निकै ठूलो परिवर्तन आएको छ । मुलुक अग्रगामी राजनीतिक परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ । संसारमा भएको सूचना प्रविधिको तीव्र विकासले हाम्रो देशको सामाजिक अवस्थामा पनि प्रभाव पारेको छ तर यसको प्रयोग र प्रभावको बारेमा आवश्यक जानकारी र चेतना नहुँदा ग्रामीण क्षेत्रको जनजीवनमा अपेक्षित प्रभाव पर्न सकेको छैन ।
मुलुकको वर्तमान संरचना अनुसार प्रदेश नम्बर ५ मा पर्र्नेे प्यूठान लगायतका जिल्लाहरुमा शिक्षा र चेतनाको कमीका कारणले यस क्षेत्रमा उपलव्ध स्रोत साधनको सदुपयोग गर्न नसक्दा नागरिकको जीवनस्तर उठ्न सकेको छैन । राजनितिक गतिविधिमा सहभागिताका हिसावले चेतनाको स्तर बढेको देखिए पनि सामाजिक र आर्थिक विकासका लागि आवश्यक पर्ने चेतना र शिक्षाको उपयुक्त विस्तार र विकास हुन सकेको छैन, जस्ले गर्दा यस क्षेत्रका विशेषगरी युवाहरु वेरोजगार बस्नु पर्ने तथा भारत वा खाडी मुलुक तिर बिदेशिनुपर्ने क्रम बढीरहेको छ ।
वर्तमान नेपालको संविधान अनुरुप राज्यको संरचनामा परिवर्तन भएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि सम्पन्न भैसकेको छ । हिजो सिंहदरवारबाट संचालित कतिपय अधिकार र कार्यक्रम अब गाँउ÷नगरबाट संचालन हुन थालेका छन् भने प्रदेश शभाको गठन र प्रदेश सरकारले पनि आफ्ना काम नियमित अगाडि बढाउँदै लगेका छन् । यस्तो अवस्थामा नागरिकहरुले स्थानीय र प्रदेश सभाको भूमिका, त्यहाँबाट संचालन हुने कार्यक्रम, नागकिले प्राप्त गर्नसक्ने सेवा र सुविधाका बारेमा जानकारी लिन चेतना र शिक्षाको बढी आवस्यकता पर्दछ । यसका लागि स्थानीय स्तरमा रहेका एफ एम रेडियोहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

रेडियोको परिचय:
सामुदायिक रेडियो माण्डवी ९७ मेगाहर्ज ग्रामीण सामुदायीक सञ्चार केन्द्रद्धारा संचालीत रेडियो हो । २०६४ साल भाद्र २४ गते बाट प्रविधि प्ररिक्षण प्रारम्भ गरि सञ्चालनमा आएको रेडियो माण्डवी प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लाको पहिलो सामुदायीक एफ एम रेडियो हो । यो रेडियो हाल दैनिक १८ घण्टा नियमित प्रसारणमा रहेको छ ।

स्थानीय सदस्यहरुको सक्रियता बाट स्थापित र संचालित भैरहेको रेडियो माण्डवी साँच्चिकै सामुदायिक रेडियो बनेको छ । स्थापना कालदेखि प्राविधिक एवं आर्थिक समस्याहरु भोग्नु परेपनि अन्य कुनै संघ सस्ंथाको सहयोग विना नै रेडियो प्रसारणमा आएको हो ।
जिल्लाका सबै भुभाग र ग्रामीण इलाकामा सुचनाको पहुँच नभएको तितो यर्थाथ महसुस गर्दै पहिलो पटक प्यूठानका सबै गाँउपालिका तथा नगरगरपालिका साथै प्रदेश नं. ५ का प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, वाग्लुङ, दाङ जिल्लाहरु तथा प्रदेश नं. ४ का केही जिल्लाहरु गरी १८ वटा जिल्ला सम्ममा यसको प्रसारण क्षमता रहेको छ । आवाज विहीनहरूका आवाज समेट्दै प्यूठान लगायत छिमेकि जिल्लाका नागरिकका चाहना अनुरुप संचार माध्यम मार्फत लोकतन्त्र र विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ रेडियो माण्डवी संचालन भएको हो ।

प्रसारण समयः दैनिक बिहान ५ बजेदेखि राती ११ बजेसम्म (१८ घण्टा)

उद्देश्यः
नेपालमा विद्युुतिय सञ्चार माध्यमको विकास र प्रजातान्त्रीकरणका लागि नेतृत्वदायी भूमिका खेलिरहेको र अव पनि खेल्नुपर्छ भन्ने कुरामा रेडियो माण्डवी सहमत छ र रेडियो माण्डवी सार्वजानिक प्रशारण सेवाको नमुना बन्ने प्रयत्नमा छ । समाजप्रति उत्तरदायी रहँदै समाजका विभिन्न वर्ग समुदाय संघ सस्थाहरु संग मिलेर काम गर्नु रेडियो माण्डवीको सफलताको बाटो हुनेछ । त्यसैले जनचाहना र जनताहित विपरित कार्य गर्ने , तथा उत्पादनको खरो प्रचार गर्ने् खालका विज्ञापन प्रसारण गर्ने पक्षमा नरहि कुनै पनि संघ–संस्था, उद्योग, व्यापारीक तथा सामाजिक प्रतिष्ठानहरुसंग सार्वजनिक प्रसारणका लागि शिक्षाप्रद जनहितकारी कार्यक्रमहरु संयुक्तरुपमा उत्पादन गर्न हामी अत्यन्त उत्सुक छौं ।

लक्ष्यः
रेडियो माण्डवीको लक्ष्य आफुलाई स्वाबलम्वी सार्वजनिक रेडियो स्टेशनका रपमा विकास गर्नु हो । बुँदागत रुपमा भन्नुपर्दा रेडियो माण्डवीका लक्ष्य हरु निम्न छन् :

  • विशेष गरि सुविधाबाट बञ्चित महिला, बालबालिका, गरिव र अल्पसंख्यक समुदायहरुको सूचनाको आवश्यकतालाई ध्यानमा राख्दै समुदायहरुबाटै तयार पारिएका सार्वजनिक रुचिका कार्यक्रम प्रसारण गर्ने ।
  • गाँउपालिका÷नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्ने प्रकृयाबारे जानकारी ।
  • सथनीय तह– गाँउपालिका÷नगरपालिका, प्रदेश सभा÷सरकार र केन्द्रीय सरकार (सिंहदरवार) बाट संचालन गरिने कार्यक्रम, योजनाको बारेमा जानकारी ।
  • साम्प्रदायीका तथा सार्वजनिक चासोका कार्यक्रम तयार गर्न रेडियोकर्मीहरुलाई तालिम दिनु र उनिहरुको क्षमता बृद्धिका लागि अवसर प्रदान गर्नु ।
  • रेडियो माण्डवीलाई तालिम सञ्चालन, कार्यक्रम निर्माण र व्यवस्थापन सवै पक्षमा सक्षम तुल्याएर नेपालको सञ्चार माध्यमको विकासमा महत्वपूर्ण स्थानमा राख्नु ।
  • जनताको सूचना सम्मको पहुँच बढाएर अझ स्वतन्त्र र जिम्मेवार प्रेसको पक्षमा आवाज उठाउँदै बहुलबाद र प्रजान्त्रीकरणको प्रकृयालाई सहयोग पु¥याउनु ।
  • सर्वसाधारण र नितिनिर्माता विच पुलको काम गर्नु ।
  • लोकतन्त्र, शान्ति र विकास को प्रर्वद्धनका लागि जनसमुदायलाई सचेत गराउनु
  • समाजमा परम्परागत रुपमा रहँदै आएका विसंगति, कुप्रथा, रुढिबादी परम्पराको अन्त्य गरी नयाँ सोँच र विचार प्रवाहबाट स्थानिय समुदायलाई परिवर्तनको पक्षमा सचेत तुल्याउने ।

भाषिक अवस्था:
प्यूठान जिल्लामा भाषिक विविधता पाइन्छ । जिल्लामा बसोवास गर्ने समुह मगर, नेवार जातिमा बोलीने भाषाहरु नै यस जिल्लाका प्रमुख भाषाहरु हुन । जनसंख्याको हिसावले जातियहरुको भाषाको हिसावले नेपाली भाषा नै अगाडी रहेको पाईन्छ ।

पत्राचारको लागि ठेगानाः
रेडियो माण्डवी एफ एम ९७ मेगाहर्ज
मल्लरानी गाँउपालिका –४, खलंगा, प्यूठान
फोन नं.: ०८६–४६०२१३, ४६०२१२
मोवाइलः ९८५१०८२७६८, ९८६७०१६६९८
ई–मेल: mandavifm97@yahoo.com

सर्वाधिकार सुरक्षित © 2017